
रुकुम : नेपाली कांग्रेसको एक वडा उपसभपाति माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ । रुकुम पश्चिमको मुसीकोट नगरपालिका २ नम्बर वडाको कांग्रेस वडा उपसभापति दुर्गा केसी माओवादी केन्द्रमा प्रवेश गर्नुभएको हो ।
पार्टीको जिल्ला समन्वय समितिको बैठकमा केसीलाई माओवादी नेता तथा अर्थ मन्त्री जनार्दन शर्माले पार्टी प्रवेश गराउनुभएको हो । सोही वडाका कांग्रेस टोल सभापतिले पनि माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ ।
सोही कार्यक्रममा सिस्नेखोला टोल कार्य समितिका सभापति नरिभान खड्काले माओवादी केन्द्रमा प्रवेश गर्नुभएको हो ।उहाँलाई पनि माओवादी नेता शर्माले नै पार्टी प्रवेश गराउनुभएको हो । मकवानपुरमा २०६४ सालको सफलता दोहो¥र्याउन माओवादीलाई कति सहज ?
२०६४ सालमा भएको संविधानसभा निर्वाचनमा नेकपा माओवादी केन्द्रको ‘लालकिल्ला’ रहेको मकवानपुरमा पछिल्लो समयमा एमालेको वर्चस्व छ ।यी दुई कम्यु-निस्ट घटकबीच मकवानपुरमा कसले लाल किल्लाको झण्डा फहराउने भन्नेमा
एक प्रकारको होड नै देखिन्छ । २०७४ सालको निर्वाचनपछि केही वर्ष यी दुवै पार्टी मिलेर एउटै पार्टी बन्यो । तर सर्वोच्च अदालतको फैसलाअनुसार तत्कालीन नेपाल कम्यु-निस्ट पार्टी (नेकपा) खारेज भएसँगै अहिले फेरि एमाले र माओवादी केन्द्र पूर्ववत् अवस्थामा छन् ।
त्यसैले मकवानपुरमा यी दुवै पार्टीबीच फेरि ‘लाल किल्ला’ को प्रति-स्पर्धा हुने हो या दुवैको पकड गुम्ने हो भन्नेबारे अहिले नै टिप्पणी गर्न कठिन छ । २०६४ सालमा माओवादी केन्द्रको सफलता २०६२/०६३ को जनआ-न्दोलनपछि शान्ति सम्झौता, गणतन्त्र स्थापनासँगै सशस्त्र द्व-न्द्व त्यागेर माओवादी केन्द्र मूल-धारको राजनीतिमा सामेल भएसँगै २०६४ सालमा संविधानसभाको निर्वाचनमा भयो ।सो निर्वाचनमा मकवानपुरको ४ वटै निर्वाचन क्षेत्रमा माओवादी केन्द्रका उम्मेदवारले जि’त हात पारे ।
उक्त निर्वाचनमा मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ बाट दिलबहादुर घिसिङ ‘फूर्वा’, क्षेत्र नम्बर २ बाट प्रेमबहादुर पुलामी ‘छिन्तु’, क्षेत्र नम्बर ३ बाट प्रल्हाद लामिछाने ‘समिर’ र क्षेत्र नम्बर ४ बाट कुमारी मोक्तान विजयी भएका थिए ।
सो निर्वाचनमा क्षेत्र नम्बर १ का माओवादी केन्द्रका उम्मेदवार ‘फूर्वा’ले करिव २१ हजार मत ल्याउँदै नेकपा एमालेका बद्री लम्साललाई पराजित गरेका थिए भने काँग्रेसका ‘इलेक्शन म्यान’ मानिने इन्द्रबहादुर बानियाँ तेस्रो भए ।त्यस्तै क्षेत्र नम्बर २ का माओवादी केन्द्रका उम्मेदवार ‘छिन्तु’ करिव १२ हजार मतसहित विजयी हुँदा नेकपा एमालेका वीरबहादुर लामा दोस्रो स्थानमा रहे ।
यता क्षेत्र नम्बर ३ मा माओवादी केन्द्रका उम्मेदवार ‘समिर’ले करिव १९ हजार मत पाएका थिए । उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका अनन्त पौडेलले करिव १४ हजार मत पाएका थिए ।
क्षेत्र नम्बर ४ मा माओवादी केन्द्रका उम्मेदवार कुमारी मोक्तानले करिव १४ हजार मत पाएर जित हात पारेकी थिइन् । उनले नेकपा एमालेका राजाराम स्याङ्तानलाई पराजित गरेकी थिइन् ।
मकवानपुरको तत्कालीन ४ क्षेत्रमा आफ्नो झण्डा फहराए झै सो निर्वाचनमा माओवादीले देशव्यापी सफलता हासिल गरेको थियो । संसदीय राजनीतिमा प्रवेश गरेको माओवादी केन्द्र जनमतबाटै पहिलो शक्ति बन्यो ।
संसद्को ठुलो दल भएकाले सरकारको नेतृत्व पनि माओवादी केन्द्र कै हातमा पर्¥यो । तर, विडम्बना, माओवादी केन्द्र संसदीय अभ्यास र सत्ता सञ्चालनमा कमजोर साबित भयो र सरकारबाट पनि बाहिरिन बाध्य भयो ।