
चैत १०, काठमाडौ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आगामी निर्वाचनमा माओवादीले हारे देशले नै हार्ने जिकिर गरेका छन् ।
जनकपुरधाममा आयोजित मधेस प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले अरु पार्टीले हारेमा देशले नहार्ने टिप्पणीसमेत गरे । लामो संघर्षपछि भएको राजनीतिक परिवर्तनलाई उल्ट्याउने षडयन्त्र देशी–विदेशी प्रतिक्रियावादीबाट
भइरहेको भन्दै उनले परिवर्तनको नायक भएका नाताले पनि आफूहरुले आगामी चुनाव हार्न नहुने उनको भनाइ थियो ।
यसका लागि आक्रामक ढंगले गएर प्रतिक्रियावादीवि’रुद्ध जनतालाई आन्दो’लित र संगठित गर्नुपर्नेमा उनले जोड दिए ।
उनले कार्यकर्ताहरुलाई भने, हाम्रावि’रुद्ध षड्य’न्त्र गर्ने, धाँधली गर्न चाहनेलाई इँटको जवाफ पत्थरले दिनेगरी तयारी गर्नुस् । उनले गठबन्धन होला र खाउँला भन्ने कुरा अहिले दिमागबाट
हटाइदिन पनि आग्रह गरे । उनले भने, यद्यपि हामी गठबन्धन विरोधी होइन, हामीले नै गठबन्धन बनाएको हो, गठबन्धनको रक्षा गर्न धेरै ठुलो त्याग गरेका छौं ।