२०८० मंसिर २२ शुक्रबार
  • काठमाडौँ

ओनसारी घर्ती भन्नुहुन्छ – अब नेपालमा महिला प्रधानमन्त्री बनाउनु पर्छ देश आँफै बिकाश हुन्छ ।

काठमाडौं : केन्द्रका नेत्री एवं पूर्वसभामुख ओनसारी घतीले अबको चुनावपछि महिला प्रधानमन्त्री बन्ने बताएकी छिन् । अन्तराष्ट्रिय महिला दिवसको अवसरमा उनले लोकप्रिय कार्यक्रम जनता जन्न चाहान्छन् मार्फत यस्तो दाबी गरेकी हुन् ।

अहिलेको अवस्था सम्म पुरुष प्रधानमन्त्री धेरै भए तर देशमा अशान्त्ति, गरिबी र भ्र-ष्टाचार मात्र हुने गरेको छ । उनले भनिन्, ‘आजका दिन सम्म पुरुष प्रधानमन्त्रीले चलाइराख्नु ।
भएको छ, भोलीको दिनमा महिला प्रधानमन्त्री आएर चलाउँदा के हुन्छ ?

भनेर एकपटक हेरउ’ भन्दै महिला प्रधानमन्त्री बन्ने सम्भावना देखाएकी हुन । यो अर्को समाचार पनि पढ्नुहोस ।
तुलसीपुर पूर्वमन्त्री लोकेन्द्र विष्ट हालका चल्तीका किसान हुनुहुन्छ । आफूलाई व्यावसायिक कृषक भन्न रुचाउने विष्ट अहिले पनि खेतीमा व्यस्त हुनुहुन्छ । नेपालमा ‘ड्रागन फल’को व्यावसायिक खेती भित्र्या-उनेमध्येका एक हुनुहुन्छ विष्ट ।

हाल उहाँ तेस्रो चरणको ड्रा*गन फलको पर्खाइमा हुनुहुन्छ । दुई चरणको ड्रागनको फल भित्र्याएर उहाँले आम्दानी लिइसक्नुभएको छ । विष्टले दाङमा आएर ड्रागन खेती गरेसँगै नयाँ अनुभव लिनुभएको छ ।

मन्त्री हुँदा जति उत्साह थियो, अहिले खेती–किसानी गर्दा पनि उत्तिकै रहेको उहाँ बताउनुहुन्छ । विष्ट भन्नुहुन्छ, “म खेतमा काम गरिरहेको अवस्थामा कसैले देखेमा, भेट्न बोलाइ हाल्नुहुन्छ ।” मन्त्री हुँदा जसरी मान्छे भेट्न आउँथे, अहिले खेती गर्दा पनि उत्तिकै भेट्न आउने गर्छन् ।

दाङको तुलसीपुर उपमहानगरपालिका–१८ विजौरीस्थित घोराही–तुलसीपुर सडक छेऊमा कुनै समय बाँझो रहेको जग्गालाई विष्टले हराभरा बनाउनुभएको छ । ड्राग्रन खेतीका लागि त्यो भूमि त्यत्ति उपयुक्त होइन, किनकि त्यसका लागि बलौटे माटो चाहिन्छ । तर पनि मेहेनत गर्दा भने त्यसले राम्रै आम्दानी दिनेरहेछ भन्ने एउटा उदाहरण विष्टले प्रस्तुत गर्नुभएको छ ।

यसअघि उहाँले दुईपटक फल बिक्री गरिसक्नुभएको छ । अब तेस्रो पटकको पर्खाइमा हुनुहुन्छ । “अहिले हामीले जति मेहेनत यो जग्गामा गरेका छौँ, त्यति मेहेनत बलौटे माटोमा गरेको भए झनै धेरै आम्दानी गर्न सकिन्थ्यो”, उहाँले भन्नुभयो, “तर यसमै पनि निकै मेहेनत हामीले ग¥यौँ, त्यसैले आम्दानी राम्रै दिने गरेको छ ।”

ड्रागन फल जेठदेखि असोज–कात्तिकसम्म फल्छ । यो प्रायः रातिमा फल्ने भएकाले पनि ‘रातकी रानी’ भनेर पनि नाम दिइएको छ । यो फल मात्रै होइन, बिरुवाबाट पनि विष्टले आम्दानी गर्दै आउनुभएको छ । अहिलेसम्म उहाँले दुईपटकमा गरेर सरदर रु २०–२० लाख आम्दानी गरेको बताउनुहुन्छ । एक सिजनमा २८–३० क्विन्टल उत्पादन हुने गरेको छ ।

बिरुवाबाट त्यस्तै रु पाँच लाख जति आम्दानी भएको उहाँ बताउनुहुन्छ । अहिले उहाँले उत्पादन गरेका बिरुवा दाङमात्रै होइन, अन्य जिल्लामा पनि उत्तिकै बिक्री हुन्छ । फल्दै गरेको ड्रागन बेच्दै गर्दा भाइरल बनेका विष्टलाई उत्पादन भएको फल बेच्न त्यति कठिनाइ भएन भने बिरुवा बेच्न पनि सहज भयो ।

उहाँपछि सबैले यो खेतीका बारेमा चासो राखे । सबैले यो घरघरमै खेती गर्न चाहे । स्वास्थ्यका हिसाबले बहुउपयोगी मानिने यो फल सबैले घरमा लगाए । दुईपटक अधिक बिक्री भएको ड्रागन फलले तेस्रो पटकमा कत्तिको बजार पाउँछ ।

त्यो भने विष्टले पर्खिरहनुभएको छ । उहाँ भन्नुहुन्छ, “बजार राम्रो छ, यहाँबाट काठमाडौँलगायत पनि पुग्ने गर्छ, बजारीकरणका लागि समस्या छैन ।” करिब रु एक करोड लगानी गरेर विष्टसहित तीन जनाले व्यावसायिक ड्रागन खेती गर्नुभएको छ ।

२०७८ चैत्र १०, बिहीबार प्रकाशित 1 Minute 296 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।