२०८० जेष्ठ २६ शुक्रबार
  • काठमाडौँ

राष्ट्रपति र प्रधानमन्त्री जो भए पनि देश माओवादीकै वरिपरि चलेको छ : प्रचण्ड !

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीप्रति मुलुकमा आकर्षण बढेको दा’वी गर्नुभएको छ । सोमबार पूर्वी चितवनको टाँडीमा आयोजित अगुवा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले मुलुकमा माओवादी केन्द्रप्रति जनलहरनै छाएको जिकीर गर्नुभयो ।

‘माओवादी प्रति देशमा जनलहर आउदैछ । हरेक प्रदेश र स्थानीय तहमा अन्य पार्टीका मानिसहरु आउनेक्रम बढेकोछ । सबैभन्दा बढी प्रदेशमा २ मा पाएँ । मुलुकका धेरै ठाउँमा एक मात्रै होइन हजारौँ बुद्धिजिवी प्रवेश गरे अर्को पार्टीबाट,’ उहाँले भन्नुभयो, ‘सर्लाहीमा ७ सय भन्दा बढी शिक्षकहरु अन्य पार्टीबाट माओवादी केन्द्र प्रवेश गरेका छन् ।

यो सानो कुरा होइन । यसअर्थमा अब माओवादीनै हो, देशमा जनलहर छाउने पार्टी ।’माओवादी केन्द्रले जनयु’द्धमा साथ दिएका किसान र मजदुर जस्ता पक्षका सम्बोधन नगरेर केही गल्ति गरेको भने स्वीकार गर्नुभएको छ । तर अब पार्टीले त्यो गल्तीबाट सिकेर अघि बढ्न प्र’तिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिगमन बि’रुद्ध आफूहरुले ल’डेर एकबद्ध हुने प्रयत्न गरेको पनि दा’वी गर्नुभयो । उहाँले भन्नुभयो, ‘हामीले प्रतिगमनबि’रुद्ध उठाएक मु’द्धा एकताको मु’द्धा थियो । विभाजनको होइन।’अबका दिनमा माओवादी गर्जिनै पर्ने समय आएको पनि उहाँले बताउनुभयो ।

‘हामी गर्जिनै पर्छ । यो परिवर्तन हामीले ल्याएको हो । कुनै विदेशी द’लालीले ल्याएको होइन । हरेक टोल टोलमा गएर हामीले ल्याएको परिवर्तनको चर्चा गर्नु कन्जुस्याइ गर्नु भएन,’ कार्यकर्तालाई सम्बोधन गर्दै भन्नुभयो, ‘हामीले गाउँ-गाउँमा टोल-टोलमा गएर पार्टी संगठन बिस्तार गर्नुपर्छ।’

उहाँले प्रधानमन्त्री राष्ट्रपति जो भएपनि देश माओवादी केन्द्रकै वरिवरी घुमिरहेको दावी गर्नुभयो । माओवादी केन्द्र बलियो भए अधिकार बच्ने मात्रै नभइ अझै धेरै अधिकार पाइने जिकीर गर्नुभयो। माओवादी केन्द्र कमजोर भए देशनै सं’कटमा पर्ने उहाँले बताउनुभयो ।

२०७८ मंसिर ६, सोमबार प्रकाशित 1 Minute 211 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।