२०८० जेष्ठ २५ बिहीबार
  • काठमाडौँ

प्रधानमन्त्रीले उ’द्घाटन गरेका अ’वैध टिभीकाे छानबिन सुरु, होला त का’रबाही ?

काठमाडौं : मिडिया सञ्चालनका लागि जो कोहीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत रहेको सूचना तथा प्रसारण विभागबाट प्रसारण इजाजत लिएपछि मात्रै बल्ल तोकिएबमोजिम गर्न पाइन्छ ।

तर, अनौठो त के भयो भने देशकै प्रधानमन्त्रीले कानुनलाई डालोमा मिल्काएर गै’रकानुनी काम गरेर सबैलाई चकित बनाइदिए । हो, अहिले भारतीय योग गुरु एवं पतञ्जलीका सञ्चालक बाबा रामदेवको चर्चा र उनले नेपालमा उ’द्घाटन गरेका दुई टेलिभिजन च्यानलको व्यापक वि’रोध भइरहेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवासहित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एकसाथ उनै योग गुरु रामदेवले नेपालमा सञ्चालनमा ल्याउन लागेको दुई टेलिभिजनको उ’द्घाटन गरेपछि अहिले चौतर्फी त्यसको वि’रोध भइरहेको छ ।

त्यसो त मिडियामा विदेशी लगानी ऐनमै प्रतिबन्धित रहेको छ । तर, योगगुरु रामदेवको उपस्थितिमा ‘आस्था नेपाल’ र ‘पतञ्जली नेपाल’ नामक दुई च्यानल प्रधानमन्त्री देउवाले उ’द्घाटन गरिसकेका छन् ।

प्रधानमन्त्रीले नै देशको गरिमा नजोगाएपछि के हुन्छ ? आममानिसले प्रश्न गरिरहेका छन् । यसै सन्दर्भमा सूचना विभागमा दर्ता नभएपछि विभागले अहिले यसबारे छानविन गरिरहेको बताइएको छ । विभाग स्रोतका अनुसार प्रधानमन्त्री देउवाले उ’द्घाटन गरेका रामदेवका दुवै च्यानल सूचना तथा

प्रसारण विभागमा दर्ता भएको छैन । र, विभागले निर्देशकको संयोजकत्वमा चार सदस्यीय छानविन समिति गठन गरी स्थलगत अध्ययन थालेको छ । स्रोतका अनुसार मण्डिखाटारमा स्थायी ठेगाना रहेको दुवै च्यानलको कार्यालयमा छान’विन समिति पुगेर अनुसन्धान गरिरहेको बताइएको छ ।

२०७८ मंसिर ५, आईतवार प्रकाशित 1 Minute 175 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।