
काठमाडौं : बरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकै शैली अपनाएको आ’रोप लगाएका छन् ।
सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा ओलीकै शैली अपनाएको प्रधानन्यायाधीश जबरासँग कुनै रचनात्मक काम गर्ने दिमाग नभएको आ’रोप लगाए । उनले भने, ‘हिजो ओलीले पनि भिजेलान्ते प्रयोग गरेकै हो।
अहिले ओलीकै शैली चोलेन्द्र शमशेर जबराले अपनाएका छन् । चोलेन्द्र शमशेर कमरेड ओलीको फोटोकपीबाहेक केही पनि होईन् । उहाँसँग रचनात्मक दिमाग छैन ।’उनले बारले प्रधानन्यायाधीश जबराको राजीनामा माग्न ढिलो गरेको टिप्पणी गरे ।
उनले भने,‘जब उहाँ असंवैधानिक रुपमा बोलाईएको संवैधानिक परिषद्को बैठकमा जानुभयो, त्यतिबेला नै मैले उहाँको राजीनामा मागेको थिएँ । म त निरन्तर बोल्दै आएको छु । बारले आ’न्दोलनमा ढिलाई गर्यो, यो सत्य हो ।’प्रधानन्यायाधीशले संवैधानिक प्रक्रियाबाट हटाउ
भनेको उल्लेख गर्दै प्रधानन्यायाधीश जबरा भने संविधानतः असफल भइसकेको दाबी उनले गरे ।‘संविधानको धारा १३६ अनुसार उहाँ प्रभावकारी ढंगले कामका’रबाही सञ्चालन गर्न पूर्ण रुपमा असफल हुनुभयो । उहाँ बेञ्च तोकनुहुन्छ, तर सहकर्मी न्यायाधीशहरु बहिष्कार गर्नुहुन्छ, उहाँ असक्षम भइसक्नुभयो,’ उनले भने, ‘अब कुन संविधानअनुसार प्रधानन्यायधीश हुनुहुन्छ ? उहाँले आफ्नो संवैधानिक दायित्व पूरा गर्न सक्नुभएन ।
तपाईँलाई अब संविधानको धारा १३६ ले नै चिन्न छोडिसक्यो । तपाईँ यसैपनि पदमुक्त हुनुभयो । उहाँले सर्वोच्च अदालतमा प्रहरी परिचालन गर्नुभयो । भिजिलान्ते प्रयोग गर्नुभएको छ ।’उनले अहिले प्रधानन्यायाधीश जबरासँग विनोद चौधरीको भन्दा बढि पैसा छ भनेर चर्चा चलेको पनि स्मरण गराए ।उनले भने,‘यो कुरा सुन्दा हाम्रो कान नै अपवित्र हुन्छ ।
यो चर्चा चल्नु आँफैमा पनि प्रधानन्यायाधीश या कुनै पनि न्यायाधीशको पद विवाद भन्दा मुक्त हुनुपर्छ । यत्रो हाई भोल्टेज कन्ट्रोभर्सीमा परेपछि संसारमा कुनै पनि प्रधानन्याधीश पदमा बस्दैनन् । प्रधानन्यायाधीशले कार्यपालिकामा भाग खोज्ने, राजदूत र संवैधानिक निकायमा भाग खोज्छ र ? संविधान र विधिको शासनको रक्षक हुनुपर्ने होईन ? आम नागरिक जनताको शीर निहुरिएको छ ।’