२०८० जेष्ठ २२ सोमबार
  • काठमाडौँ

केपी ओली ‘फादर अफ द नेशन’ हुन् : महेश बस्नेत

काठमाडौं : नेकपा एमालेका केन्द्रीय सदस्य एवं सांसद महेश बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओली ‘फादर अफ द नेशन’ भएको घो’षणा गरेका छन् ।

आइतबार नेकपा एमाले दक्षिणकाली नगर कमिटीले आयोजना गरेको शुभकामना तथा चियापान कार्यक्रममा बोल्दै नेता बस्नेतले केपी ओली राष्ट्र पिता रहेको घोषणा गरे ।

उनले भने, ‘०७४ ले हामीलाई सुपर भोट दियो । सुपर भोटले केपी ओलीजस्तो सुप्रिम लिडर जन्मायो । आज केपी ओलीलाई आम जनता र युवा वर्गले फादर अफ द नेसन भनेर उपमा दिइरहेका छन् । उहाँ सबैको अभिभावक बन्नुभएको छ । सबैको बुवा बन्नुभएको छ । कतिपय मानिसहरुलाई सुगर होला, हस्पिटल भर्ना होला तर, केपी ओली फादर अफ द नेसन भनेर प्रमाणित गरेको छ र गर्नेछ ।’

मुलुकको विकास र समृद्धिमा अध्यक्ष ओलीले खेलेको भूमिका ऐतिहासिक भएको उनले भनेका छन् । उनका अनुसार ओली दक्षिण अफ्रीकाका प्रथम राष्ट्रपति नेल्सन मण्डला नै रहेको पनि बताए ।

उनले भने, ‘नेन्सल मण्डेलालाई दक्षिण अफ्रीकामा फादर अफ नेशन भन्छन् । त्यस्तै आम नेपाली जनताको बीचमा फादर अफ द नेशन भनेर नेपालमा केपी ओली हो भन्ने पुष्टि भएको छ । त्यसैले केपी ओली आइलभ यु, आजलाई हैन भोलीलाई १० वर्ष ओलीलाई भन्ने नारा लगाएका छन् । त्यसैले सारा नेपाली जनताले केपी ओलीलाई ‘फादर अफ द नेशन’ भनि घो’षणा गरिरहेका छन् ।’

२०७८ कार्तिक २१, आईतवार प्रकाशित 1 Minute 88 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।