२०८० जेष्ठ २५ बिहीबार
  • काठमाडौँ

एमसिसि(MCC) पास हुन्छ,झुटा हल्ला फैलाउन बन्द गर :- देउवा

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी परियोजना मिलेनियम च्यालेन्स कर्पोरेशन (एमसीसी) पास हुने दाबी गरेका छन्। सुदूरपश्चिममा बाढी पहिरोको निरीक्षणका लागि आएका प्रधानमन्त्री देउवाले

शुक्रबार बिहान धनगढीमा पत्रकारहरुले राखेको जि’ज्ञासामा यस्तो बताएका हुन्। ‘एमसीसी पास हुन्छ, यसका बारेमा नेपालमा झुटा हल्ला फैलाइएको छ। यसमा संसोधन गर्नुपर्ने पनि केही छैन’ देउवाले भने, ‘एमसीसी ऋण होइन, अनुदान हो। कसैले सित्तैमा पैसा दिन्छुभन्दा पनि लिन्न भन्छन् यार।’

प्रधानमन्त्री देउवाले एशियाली विकास बैंक, विश्व बैंक जस्ता अन्तराष्ट्रिय निकाय पनि आफ्नो देशको कानुन अनुसार चलिरहेको बताए। ‘एमसीसी नेपालको कानुन मुनिको हो भनिसक्यो उनीहरुले, तर पनि झुटा हल्ला फैलाइएको छ। यो त ग्रान्ट (अनुदान) हो नी’ उनले भने।

‘विश्व कैंक, एडीबीहरुमा नेपालको का’नुन लागु हुँदैन। कुनै मु’द्धा प¥र्‍यो भने त्यसमा अन्तराष्ट्रिय का’नु’न लागु हुन्छ’ देउवाले भने, ‘एमसीसीका बारेमा मु’द्दा परे मात्रै अन्तर्राष्ट्रिय का’नुन लागु हुन्छ।’ प्रधानमन्त्री देउवाले नेपालमा एडीबि, विश्व बैंकको ऋण आइरहेको तर अनुदान आउन नदिने चलखेल भइरहेको बताए।

२०७८ कार्तिक ५, शुक्रबार प्रकाशित 1 Minute 117 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।