२०८० मंसिर १८ सोमबार
  • काठमाडौँ

करिश्मा मानन्धर भन्छिन – सूर्यले सोलार सिस्टमलाई धानेको छ, सूर्यले नेपाललाई धान्ने छ ।

काठमाडौ : गत साता एमाले प्रवेश गरेकी अभिनेत्री करिश्मा मानन्धरले आज पहिलोपटक पार्टीको आसभामा भाषण गरिन् । कपिलवस्तुमा अध्यक्ष केपी शर्मा ओली सहभागी कार्यक्रममा

बोल्ने अवसर पाएकी करिश्मा उत्साही तर नर्भस देखिएकी थिइन् । भाषणको सुरुमा मञ्चमा आसिन पार्टीका नेताहरूलाई सम्बोधन गर्दा नै करिश्माले गडबडी गरिन् । उनले विष्णु पौडेललाई वरिष्ठ उपाध्यक्ष र शंकर पोखरेललाई वरिष्ठ महासचिव भनेकी थिइन् ।

आफूलाई बोल्न अवसर दिएकोमा उनले आभार प्रकट गरिन् ।
‘एमालेमा म एउटा नयाँ मान्छे हो । भर्खर छिरेको मान्छेलाई बोल्न अघि सार्नुभएकोमा धन्यवाद । यहाँबाट थाहा हुन्छ, यो पार्टीको हृदय कति विशाल छ भनेर । यहाँ नयाँहरुलाई मौका दिइन्छ । यहाँ महिलाहरूलाई मौका दिइन्छ ।

त्यसैले पनि नेकपा एमाले बनेको रहेछ,’ करिश्माले भनिन्, ‘आइ एम क्वाइट इम्प्रेस्ड ।’ विगतमा जहाँ-जहाँ भौतारिए पनि आज बुझ्ने भएपछि बल्ल सही ठाउँमा आइपुगेको उनले बताइन् ।

अब चाहिँ समाजका लागि योगदान दिन सक्छु भन्ने आत्मविश्वास जागेको छ, केही गर्ने आँट आएको छ,’ उनले भनिन् ।छोटो भाषणको अन्त्यमा उनले एउटा नयाँ खुलासा पनि गरिन् ।

‘एउटा कुरा रिभिल गरिदिउँजस्तो लाग्यो,’ उनले भनिन्, ‘मेरो न्वारनको नाम पनि सुर्जेकुमारी हो है ।’ करिश्माले थपिन्, ‘सूर्यले सोलार सिस्टमलाई धानेको छ । सूर्यले नेपाललाई धान्ने छ । लालसलाम ।’ भाषण टुंग्याउँदै करिश्माले नेकपा एमाले जिन्दावाद, केपी ओली जिन्दावाद, भोट केमा सूर्यमा भन्दै नारावाजी गरेकी थिइन् ।

२०७८ चैत्र १७, बिहीबार प्रकाशित 1 Minute 400 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।