२०८० फाल्गुन ९ बुधबार
  • काठमाडौँ

वैदेशिक रोजगारी बाट फर्किएका भन्छन् – महिलालाई धेरै क-ष्ट छ ।

मंसिर २७, काठमाडौ : रोजगारीको सिलसिलामा म करिब अढाइ वर्ष कुवेत बसेँ, मैले त्यहाँ त्यस्तो समस्या भोग्नु परेन, तर धेरै जना दिदीबहिनीले धेरै कष्ट भोगिरहेको देखेँ/पाएँ,

यो अनुभव हो, वैदेशिक रोजगारीको सिलसिलामा कुवेत पुगेर फर्किएकी कुमारी चेम्जोङको । राष्ट्रिय महिला आयोगले सोमबार भद्रपुरमा आयोजना गरेको वैदेशिक रोजगारीमा संलग्न महिलाको सुरक्षित, म-र्यादित र सेवाको सुनिश्चितताका विषयमा

सरोकारावालासँग सार्वजनिक सुनुवाइमा उनले आफ्नो कुवेत बसाइँको अनुभव सुनाइन । उनले घरेलु कामदारका रुपमा अवैध बाटोबाट कुवेत पुग्ने महिलाले धेरै मान-सिक र शारीरिक पी-डा सहन बाध्य रहेको बताइन ।

सीप नभए पनि घरेलु कामदारका रूपमा विदेश गएर महिलाले घरपरिवार चलाएका छन्, उनले भनीन, घरेलु कामदारलाई वैध-ता दिएर सुरक्षित बनाउन सरकारसँग आग्रह गर्छु

वैदेशिक रोजगारीकै सिलसिलामा साइप्रस पुगेर गत वैशाखमा फर्किएकी भद्रपुर–६ की सपना रायले आफू म्यानपावर कम्पनीबाट ठगिए पनि न्याय नपाएको बताइन । श्रम मन्त्रालय जाँदा आश्वासनमात्र पाएँ, पटक–पटक आउनु भन्छन्, पटक–पटक जाने अवस्था छैन, उनले भनीन, पैसा माग्दा म्यानपावरको मान्छेले गा-ली गर्छ ।

किताबमा मात्र नियम–कानुन भएको तर व्यवहारमा नभएको भन्दै उनले पी-डितले न्याय पाउन साह्रै कठिन भएको अनुभव सुनाइन । नियमनकारी निकायमा जाँदा कर्मचारीले मलाई सोधेर गएको थिइस् भन्छन्, उनले भनीन, कोही पनि रहरले विदेश जाँदैन, सबैको आ–आफ्नो बाध्यता र विवशता हुन्छ ।

कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले ठूलो आँट र साहस बोकेर विदेश जानुपर्ने बाध्यता रहेको बताए । राज्य सबै नागरिकको अभिभावक भएको र राज्यको अङ्गमा बस्नेहरूले सोहीअनुरुप व्यवहार गर्नुपर्ने उनले बताए ।

प्रदेश तहबाटै वैदेशिक रोजगारीका सबै काम हुनसके वैदेशिक रोजगारीको ठ-गीलगायतका विविध समस्या कम गर्न सक्ने उनको सुझाव छ । वैदेशिक रोजगारीमा जानेहरूले म्यानपावरलाई पैसा बुझाउँदा कम्तीमा दशपटक सोच्नुपर्ने बताउँदै उनले भने, व्यक्ति नै आफ्नो पहिलो मुक्तिदाता हो ।

कार्यक्रममा श्रम तथा रोजगार कार्यालय विराटनगरका शाखा अधिकृत पुण्यप्रसाद पौडेलले वैदेशिक रोजगारीसम्बन्धी प्रदेश नं १ को अवस्थाको कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमा प्रदेश नं १ बाट वैदेशिक रोजगारीमा महिलाको अवस्था समस्याग्रस्त रहेको उल्लेख छ ।

कार्यपत्रमा ९९ प्रतिशत अदक्ष कामदार विदेशमा जाने गरेको उल्लेख छ । कुवेत, बहराइन, साइप्रस, ओमनमा बढी घरेलु महिला कामदार जाने गरेको पौडेलले बताए । सम्झौताविपरीतको काम गर्नुपर्ने, दला-लबाट बेचिने, यौ-न हिं-साको सि-कार हुनुपरेको छ, उनले भने, ठ-गीसम्बन्धी समस्या सम्बोधन गर्न सकिएको छैन ।

वैदेशिक रोजगारीको सिलसिलामा मृ-त्यु भएकाहरूले पाउने राहत रकम पाउन धेरै समस्या रहेको उनले बताए । खुला सीमानाका भएकाले झापाबाट भारतीय बाटो हुँदै धेरै महिला वैदेशिक रोजगारीमा जाने र महिला बेचबिखन क्रम नरोकिएको कार्यपत्रमा उल्लेख छ ।

कार्यक्रममा झापा बारकी कार्यसमिति सदस्य अधिवक्ता तारा बाराकोटीले वैदेशिक रोजगारीबाट पी-डितहरूले कसरी न्याय पाइन्छ भन्ने जानकारी नै नभएको सुनाइन । विदेशमै कामकै सिलसिलामै मृत्यु भएकाहरू परिवारले हदम्यादबारे जानकारी नहुँदा क्षतिपू-र्ति पाउन नसकेका छैनन्, उनले भनीन, श-व ल्याउन धेरै कठिन छ, क्षति-पूर्तिवापत प्राप्त रकममा पनि कमिसन माग्ने गरेको पाइएको छ ।

कार्यक्रममा माइती नेपालकी प्रतिनिधि पार्वता राजवंशीले पैसा कमाउन विदेश गएकी एक महिला गर्भवती भएर फर्किएको बताइन । अहिले नानीको जन्मदर्ता बनाउन के गर्नुपर्छ भनेर सोध्नुहुन्छ, उनले भनीन, सुरुदेखि नै मसँग नियमित सम्पर्कमा आइरहनुभएकाले सोधिरहनुहुन्छ, यस्तो समस्याको के व्यवस्था छ ? अशिक्षितमात्र नभई शिक्षित महिला पनि जान्दा–जान्दै बुझ्दा–बुझ्दै ठगिने गरेको उनले बताइन ।

ऐन, कानुन र नियम हुँदाहुँदै पनि कार्यान्वयन पक्ष कमजोर हुँदा वैदेशिक रोजगारसम्बन्धी समस्या ज्यूँकात्यूँ रहेको कार्यक्रममा सहभागी अधिकांशको ठहर छ । भद्रपुर नगरपालिका टीकाराम पाण्डे, पत्रकार राजबाबु शङ्कर, ज्ञानेन्द्र निरौलालगायतका सहभागीले कानुन कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा झापाका १० वटा म्यानपावर व्यवसायीका शाखालाई सहभागिताका लागि पत्र पठाए पनि एक जनाको पनि सहभागिता थिएन भने यहाँका राजनीतिक दलका प्रतिनिधि र जनप्रतिनिधिको पनि उपस्थिति थिएन ।

कार्यक्रमको अध्यक्षता गरिरहनुभएकी राष्ट्रिय महिला आयोगका सदस्य कृष्णकुमारी पौडेलले वैदेशिक रोजगारमा महिलाको सहभागितालाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने उद्देश्यले समस्या र सुझाव सङ्कलन गर्न कार्यक्रम आयोजना गरिए पनि सरोकारवालाको उपस्थिति नहुनु दुःखद् भएको बताइन ।प्रवास खबर

२०७९ मंसिर २७, मंगलवार प्रकाशित 1 Minute 119 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।