२०८० फाल्गुन ९ बुधबार
  • काठमाडौँ

कुलमान घिसिङ भन्नुहुन्छ – अबकाे २ वर्षपछि नेपालले बिजुली किन्नु पर्दैन ।

मंसिर २२, काठमाण्डौ : नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिजुली खपत बढाउनका लागि प्राधिकरणको लगानी विद्युतीय पूर्वाधार विकासमा

केन्द्रित गरेको बताउनुभएको छ । आज बिहीवार नेपाल विद्युतीय व्यवसायी महासङ्घले आयोजना गरेको ‘फिन इलेक्ट्रो टेक २०२२’ प्रदर्शनी कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक घिसिङले सरकार र प्राधिकरणले विद्युतीय आवश्यक

पूर्वाधारको विकासका लागि लगानी केन्द्रित गरेको बताउनुभएको हो । उहाँले नेपालमा उत्पादन भएको बिजुली नेपालमा नै खपत बढाउनका लागि विभिन्न ईभी एक्स्पो भइरहेको बताउनुभयो ।

बिजुली खपतका लागि चार्जिङ स्टेशन विस्तार र इन्डक्शन चुलोलाई प्राथमिकता दिँदै आएको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, अहिले नेपालमा नै विद्युत् खपत बढाउनका लागि ईभी एक्स्पोदेखि ईभीको प्रमोशन भएको छ ।

चार्जिङ स्टेशनहरू बढेको छ । प्राधिकरणले इन्डक्शन कुकिङको कुरा गरिरहेको छ । सरकार र प्राधिकरण विद्युतीय आवश्यक पूर्वाधारको विकासका लागि निरन्तर लागिरहेका छ ।

घिसिङले विद्युत् प्रसारण, वितरण र सब–स्टेशनको विकास नभइ बिजुली खपत बढाउन नसक्ने पनि बताउनुभयो । उहाँले प्राधिकरण गुणस्तरीय बिजुली र चाहे जति बिजुली वितरण गर्ने विद्युतीय पूर्वाधार निर्माण गर्ने चरणमा रहेको बताउनुभयो ।

गाउँ–गाउँमा शतप्रतिशत विद्युतीकरण गर्ने सरकारको नीति तथा कार्यक्रमअनुसार पूरा गर्ने चरणमा प्राधिकरण पुगेको उहाँको भनाइ छ । कार्यकारी निर्देशक घिसिङले अबको दुई वर्षपछि नेपालले बिजुली किन्नुपर्ने अवस्था नआउने दाबी गर्नुभयो ।

उहाँले वर्षाको समयमा बिजुली निर्यात गरिरहेको भन्दै त्यसो गर्नु सरकारको सफलता नभए पनि खपत नभएको बिजुलीलाई खेर फाल्नुभन्दा निर्यात गर्नु राम्रो भएको बताउनुभयो । उहाँले बिजुली खपत बढाएमात्रै देशमा समृद्धि आउने भन्दै एक युनिट बिजुली पनि खेर फाल्नु नहुने बताउनुभयो ।

२०७९ मंसिर २२, बिहीबार प्रकाशित 0 Minutes 104 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।