२०८० मंसिर २० बुधबार
  • काठमाडौँ

मलेसिया ट्रान्जिट भएर अन्य देश जानेलाई एउटा मात्र विमानस्थलको प्रयोग गर्ने गरी टिकटको व्यवस्था गर्न अनुरोध !

मंसिर २०, काठमाण्डौ : मलेसियाको क्वालालम्पुर ट्रान्जिट भएर विभिन्न देश जाने र नेपाल फर्कनेहरूलाई एउटा मात्र विमानस्थलको प्रयोग गर्ने गरी टिकटको व्यवस्था मिलाउन

अनुरोध गरिएको छ । अहिले क्वालालम्पुरबाट नेपाल र नेपालबाट क्वालालम्पुरका लागि सिधा उडा क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थल (केएलआइए)बाट हुने र

यहाँबाट अर्को अन्तर्राष्ट्रिय विमानस्थल क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थल केएलआइए टु जान भिसा चाहिने भन्दै दूतावासले यस्तो अनुरोध गरेको हो । केएलआइएबाट केएलआइए टु जान परेमा मलेसियन अध्यागमन पार गर्नु पर्छ ।

अध्यागमन पार गर्नका लागि भिसा चाहिने दूतावासले जनाएको छ । यस्तो भिसा हवाई यात्रा गर्नु अघि नै लिइसक्नुपर्छ ।
त्यसैले नेपालबाट मलेसियाको क्वालालम्पुरमा ट्रान्जिट

हुँदै अस्ट्रेलिया, जापान लगायतका अन्य देश जाने र यी देशबाट नेपाल आउँदा सम्भव भएसम्म एउटा मात्र विमानस्थलको प्रयोग गर्न पर्ने गरी टिकटको व्यवस्था गर्दा सहज हुन्छ ।

२०७९ मंसिर २०, मंगलवार प्रकाशित 0 Minutes 123 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।