
काठमाडौं : कतार प्रहरीका लागि बहू चर्चित मागपत्र प्रमाणीकरण शुरु भएर पनि काठमाडौंको एउटा मेनपावरले ल्याएको डिमान्ड रद्द समेत भैसकेको छ ।
यदि तपाइ कतारमा हुनुहुन्छ र कतार प्रहरीमा भर्ना हुन चाहनुहुन्छ भने यो खबर सुनेर तपाइको लागि यो समाचार सुखद हुन सक्छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कतारको दोहास्थित नेपाली दूतावासलाई मागपत्र
प्रमाणीकरणको अनुमति पाइसकेको राजधानीको लाजिम्पाटस्थित अल ताक्वेत ओभरसिज नेपाल प्रा.लि. बाट पेश भएको उक्त माग पत्र प्रमाणीकरण गरेको भएको र ढिलासुस्तीको कारण कतार सरकारले रद्द गरिसकेको छ ।
उता कतार सरकारले नेपालको मेनपावरबाट कतार प्रहरीको लागि सम्झौता भएको धेरै भए पनि छनौट प्रक्रिया पूरा गर्न नसकेको र विभिन्न चलखेलको कारण भर्ना नलिने भन्दै रद्द गरेको छ ।
एक मेनपावर कम्पनीले छनौट गरेको २ सय जना समेत कतार प्रहरीले अलिने बताइ सकेको छ यस्तो अवस्थामा कतारले कतारमै रहेका नेपालीलाई प्रहरीमा लैजाने सम्भावना बढ्दै गएको छ ।
कतार सरकारको नजरमा प्रहरीको लागि नेपाली मेनपावर नै आवश्यक रहेको र त्यस्तै किसिमको बिश्वास रहेकाले कतारले नेपाली नै प्रहरीमा भर्नाको योजना बनाएको थियो । त्यस्तोमा मेनपावरले नेपालबाट प्रहरीको लागि भर्ना गर्न नसकेको अवस्थामा कतारमै रहेका नेपालीबाट प्रहरीमा भर्ना गर्ने सम्भावना बढी रहेको जानकार बताउछन।
कतार प्रहरीको लागि कतार सरकारले कतारमै कुनै एजेन्सी तथा मेनपावर कम्पनीलाई कतारबाट नै कतार प्रहरीको लागि छनौट गर्ने जिम्मा दिनसक्ने बताइदै आएको छ। कतरमा रहेका नेपाली वा भिजिट भिसामा गएका नेपालीहरुलाई कतार प्रहरीको लाही लगिने सम्भावना अधिक रहेको समेत बताउदै आएको छ ।
कतार प्रहरी सेवा सुबिधा र तलबको दृष्टिबाट निकै राम्रो मानिएको ले कयौ कतारमा रहेका नेपालीहरुले कतार प्रहरीमा जाने इच्छा पालेको हुन सक्छन् । त्यस्तो अवस्थामा कतार प्रहरीको लागि अनुमती लिएका र माग पत्र प्रमाणीकरण
गरेका मेनपावर कम्पनी संग समन्वय गरेर बाकी प्रोसेसको बारेमा बुझेर कतार प्रहरीमा जान सकिने ठाउँ भने जिवितै रहेको जानकार बताउछन् । त्यसकारण कुनै पनि निर्णयमा पुग्न सबै कुरा बुझेर मात्रै प्रक्रिया सुरु गर्न हुन र सम्बन्धित मेनपावर कम्पनी र निकायमा मात्रै सम्पर्क गर्न अनुरोध समेत गर्दछौ ।