२०८० मंसिर २० बुधबार
  • काठमाडौँ

संसद ज्ञानेन्द्र शाही भन्नुहुन्छ – सदनको पहिलो बैठकमा एमसीसीवि-रुद्ध आवाज उठाउँछु ।

मंसिर १९, काठमाडौं : जुम्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले संसदको पहिलो बैठकमै एमसीसीवि-रुद्ध आवाज उठाउने बताएका छन् ।

निर्वाचित भएपछि शनिबार काठमाडौं आएका शाहीले विमानस्थलमा सञ्चारकर्मी र समर्थकमाझ सम्बोधन गर्दै पहिलो बैठकमै अमेरिकी सहयोग परियोजना (एमसीसी) र

वाइडबडी खरिदजस्ता ठूला भ्रष्टा-चार काण्डको विषयमा आवाज उठाउने बताए । आफ्नो ५ वर्षे कार्यकालमा कानुन बनाएर ठूला भ्रष्ट्रा-चार काण्डका दो-षीलाई जेल हाल्ने पनि उनले बताए ।

अब हाम्रो लडाइ भ्र-ष्टाचार वि-रुद्ध, अब हाम्रो लगाइ रोजगारी सिर्जना गर्नका लागि हुनेछ’ उनले भने, अहिलेको कानुनले भ्रष्ट्राचार नियन्त्रण भएन । अब ठूलठूला काण्ड मच्चाउनेलाई यो पाँच वर्षभित्र जेल हाल्न सकिएन भनेपनि कठघरामा उभ्याउनेछु ।

२०७९ मंसिर १९, सोमबार प्रकाशित 1 Minute 139 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।