२०८० मंसिर २० बुधबार
  • काठमाडौँ

केपि ओलीलाई मेयर बालेनको जवाफ – सुकुम्वासी तपाईंलाई भाेट बैंकमात्रै रहे !

मंसिर १४, काठमाण्डाै : काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाहले नेकपा एमालेका अध्यक्षलाई प्रतिप्रश्न गर्नुभएकाे छ । आज मङ्गलवार एक कार्यक्रममा ओलीले बाग्मती

किनारका सुकुम्वासी बस्ती हटाउन महानगरले थालेको अभियानप्रति टिप्पणी गर्नुभएकाे थियाे । त्यही टिप्पणीबारे शाहले सामाजिक सञ्जालमार्फत प्रतिप्रश्न गर्नुभएकाे हाे ।

मेयर शाहले फेसबुकमा लेख्नुभएकाे छ, अधिकार सम्पन्न बागमती सभ्यताको आग्रह र समन्वयमा काठमाण्डौ महानगरले आफ्नो जिम्मेवारी पूरा गर्दै गरेको कार्यप्रति तपाईंको धारणा थाहा पाएँ ।

तपाईंबाट नै यस्तो धारणा आउनु सामान्य विषय हो । किनभने २०४७ यता १४ वटा आयोग गठन हुँदा पनि काठमाण्डौको सुकुम्वासी समस्या समाधान गर्न सक्नुभएन । दुई तिहाइको सरकारको प्रधानमन्त्रीसम्म हुनुभयो तर सुकुम्वासीले

भोगेको ३२ वटा जाडो देख्नुभएन । सुकुम्वासीहरू तपाईँका लागि भोट बैंकमात्रै रहे । बरु तिनलाई गुठी आन्दो-लनजस्ता आफ्नो स्वार्थ विप-रीतका कुरामा प्रयोग गर्नुभयो ।

२०७९ मंसिर १४, बुधबार प्रकाशित 1 Minute 232 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।