
काठमाडौं : टिपरले ठक्कर दिएर एक जनाको ज्या’न लिएपछि आ’क्रोसित स्थानीयले जनकपुरधामको पिडारी चोकमा टिपरमा आ’गजनी गरेका छन् ।
प्रहरीका अनुसार ना.७ ख.४७४१ नम्बरको टिपरको ठक्करबाट भारतीय नागरिक अन्दाजी ४५ वर्षीय आनन्द किशोर दासको मृ’त्यू भएको हो । दासको घ’टनास्थलमै मृ’त्यू भएपछि आ’क्रोसित स्थानीयले उक्त टिपरमा
आ’गजनी गरेको बताइएको छ । चौराहामा गलत बाटोबाट हिडेपछि टिपरको दासलाई ठक्कर दिएको र उनको घ’टनास्थलमै मृ’त्यू भएको धनुषाका एसपी प्रकाश रानाभाटले जानकारी दिए ।
टिपर चालकलाई नियन्त्रणमा लिइसकेको पनि उनले बताए । आगजनीबाट टिपर क्ष’तिग्रस्त बनेको छ । अहिले पिडारी चोकमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । स्थानीयले ठक्कर दिनेलाई कडा का’रबाहीको माग गरेका छन् ।