२०८० फाल्गुन ९ बुधबार
  • काठमाडौँ

बधाई ! आफूले पाएको टिकट बाले दिएका थिए छोरालाई, मुस्ताङबाट जिते चुनाव !

मंसिर ५, काठमाडौ : मुस्ताङमा यसपालि पनि प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवार हुन नेपाली कांग्रेसले पूर्वमन्त्रीसमेत रहेका जिल्ला सभापति रौमी गौचन थकालीलाई टिकट दिएको थियो।

रोमीले आफूले पाएको टिकट आफ्ना छोरालाई दिइदिए।
उनका छोरा २९ वर्षका योगेश गौचन थकाली कांग्रेसबाट उम्मेदवार भए। नेविसंघबाट राजनीति गरेका योगेश पछिल्लो समय पार्टी राजनीतिमा सक्रिय थिए।

रोमीले जनताले युवा पुस्तालाई राजनीतिमा देख्न चाहेको भन्दै आफूले पाएको टिकट छोरालाई सुम्पेको बताएका थिए।
सोमबार सकिएको मतगणनामा योगेशले मुस्ताङबाट प्रतिनिधि सभा सदस्य निर्वाचन जितेका हुन्।

यहाँ सात हजार दुई सय ३० मत खसेको थियो। योगेशले ३९९६ मत पाएका छन्। उनका प्रतिस्पर्धी नेकपा (एमाले) का निवर्तमान सांसद प्रेमप्रसाद तुलाचनले ३ हजार ७८ मत ल्याए।

मुस्ताङबाट जितेका योगेश थासाङ गाउँपालिका लेतेका बासिन्दा हुन्। उनले बिजनेस म्यानेजमेन्टमा स्नातक गरेका छन्।
उनी पर्यटन व्यवसायी र होटल व्यवसायी पनि हुन्।

२०७९ मंसिर ५, सोमबार प्रकाशित 0 Minutes 225 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।