
काठमाडौं : नेकपा एमालेका अध्यक्ष र्एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संसद वि’घटन सदावहार ठीक रहने बताएका छन् आइतबार नेकपा एमाले केन्द्रीय कमिटी बैठकमा संसद वि’घटन हिजो, आज र
भोलि पनि ठिक रहने बताएका हुन् । उनले भने, ‘ताजा जनादेशमा जाने कुरा राम्रो हो, राम्रो भएकैले संसद वि’घटन गरिएको हो तर पार्टी अध्यक्ष र प्रधानमन्त्रीलाई पछार्नका लागि जुन तानावाना बुनियो । ताजा जनादेशमा जाने कुरा हिजो पनि ठिक थियो, आज पनि ठिक छ र
भोलि पनि ठिक हो ।’बैठकमा अध्यक्ष ओलीले माओवादीसँगको पार्टी एकता सोच विचार गरेरै गरेको तर, बीचमा अनेक ष’ड्यन्त्र हुँदा संसद वि’घटन भएको पनि बताएका छन् ।
उनले भने, ‘माओवादीसँगको एकता सोचविचार गरि नै गरेको हो । तर त्यो एकता भंग गर्न जुन ढंगको ष’ड्यन्त्र भयो, त्यसलाई चिर्न नसक्दा वि’घटन रोक्न सकिएन ।’,
बैठक आगामी असोज १५–१७ गते हुने विधान महाधिवेशनमा पेश हुने राजनीति, सांगठनिक र विधान संशोधन प्रस्तावमाथि छलफल गर्न आयोजित कार्यक्रम थियो ।
शनिबार सातै प्रदेशका टोली नेता र अन्य ३ गरि १० वटा समूहका टोली नेताले आफ्नो बैठकमा आफ्नो सुझाव राखेका थिए । आज आइतबार १० समूहका टोली नेताले तयार पारेको सुझाव प्रतिवेदनबारे अध्यक्ष ओली, महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेलले जवाफ दिने कार्यक्रम थियो ।