२०८० मंसिर २० बुधबार
  • काठमाडौँ

आज बाट विश्वकप फुटबल सुरु हुँदै, उद्घाटन खेलमा कतार र इक्वेडर भिड्ने !

मंसिर ४, काठमाडौं : विश्व फुटबलको कुम्भमेला फिफा विश्वकप फुटबल आजबाट कतारमा सुरु हुँदैछ । विभिन्न विवाद र आलोचनाबीच कतार विश्वकप सुरु हुन लागेको हो ।

६० हजार दर्शक क्षमताको अल बायत स्टेडियममा कतार विश्वकपको भव्य उद्घाटन हुनेछ । कतार विश्वकपको उद्घाटन खेलमा आयोजक कतार र इक्वेडरबीच प्रतिस्पर्धा हुनेछ ।

उद्घाटन खेल नेपाली समय अनुसार राति पौने दश बजे सुरु हुनेछ । कतार र इक्वेडरबीचको उद्घाटन खेलअघि औपचारिक उद्घाटन समारोह हुनेछ ।

विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् । सहभागी राष्ट्रलाई आठ समूहमा विभाजन गरिएको छ । यस विश्वकपमा कुल ६४ खेल हुनेछन । आठ रंगशालामा आयोजना हुने विश्वकपको फाइनल डिसेम्बर १८ मा हुनेछ ।

२०७९ मंसिर ४, आईतवार प्रकाशित 0 Minutes 133 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।