२०८० फाल्गुन १० बिहीबार
  • काठमाडौँ

नेपाल एयरलाइन्स मंसिर १२ गतेदेखि भैरहवा जाने

मंसिर ३, काठमाडौ : नेपाल एयरलाइन्सले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरू गर्ने भएको छ। निगमले आगामी मंसिर १२ (नोभेम्बर २८) बाट

काठमाडौं-दिल्ली, दिल्ली-भैरहवा र भैरहवा-काठमाडौं उडान गर्ने जनाएको छ। एयरलाइन्स प्रवक्ता अर्चना खड्काले काठमाडौंबाट भैरहवा हुँदै दिल्ली उडानका लागि नागरिक

उड्डयन प्राधिकरणसँग उडान अनुमति मागेको बताइन्।
उनकाअनुसार एयरलाइन्सले सोमबार, बुधबार, शुक्रबार र शनिबार गरी सातामा चार उडानका लागि अनुमति मागेको हो।

उडान अनुमति पाएपछि एयरलाइन्सले काठमाडौंबाट भैरहवा र भैरहवाबाट दिल्लीका लागि उडान भर्ने उनले बताइन्। ‘तत्कालका लागि एयरलाइन्सले काठमाडौं-दिल्ली,

दिल्ली-भैरहवा र भैरहवा-काठमाडौं उडान हुनेछ’ उनले सेतोपाटीसँग भनिन्, ‘भविष्यमा भैरहवा-दिल्ली-भैरहवा उडान गर्नेछ। नेपाल एयरलाइन्सले उडान सुरू गरेपछि गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवाको संख्या तीन पुग्नेछ।

हाल कुवेतको जजिरा एयरवेज र नेपालकै निजी लगानीको वायुसेवा हिमालय एयरलाइन्सले नियमित उडान गरिरहेका छन्।
जजिराले गत जेठ २ गतेदेखि कुवेत-भैरहवा-कुवेत सातामा तीन उडान गरिरहेको छ। त्यस्तै हिमालयले गत कात्तिक १७ गतेदेखि काठमाडौं-मलेसिया-भैरहवा-मलेसिया-काठमाडौं दैनिक चार्टर्ड उडान गरिरहेको छ।

२०७९ मंसिर ३, शनिबार प्रकाशित 1 Minute 158 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।