२०८० मंसिर २० बुधबार
  • काठमाडौँ

कपिल शर्मा शोकी अभिनेत्री सुमोनाले नेपाली गीत “चियाबारीमा” गाए पछी !

मंसिर ३, काठमाडौं : भारतीय टेलिभिजन रियालिटी शो ‘द कपिल शर्मा शो’की अभिनेत्री सुमोना चक्रवर्ती गत साता दार्जिलिङ घुमघाममा थिइन् ।

नेपालीभाषीको सघन बसोबास रहेको दार्जिलिङमा उनले नेपाली भाषा सिक्ने प्रयास समेत गरिन् । चियाबगानमा पुगेर चिया टिपिरहेका महिलासँग भलाकुसारी गरिन् ।

भारतीय टीभी जी-जेस्टले सार्वजनिक गरेको एक भिडियोमा सुमोनाले चियाबगानमा पुगेर चिया टिपिरहेका महिलालाई कुनै एक नेपाली गीत गाउन आग्रह गरेकी छन् ।

उनको आग्रहपछि ती महिलाहरुले नेपाली गीत ‘चियाबारीमा हो चियाबारीमा’ गाउँछन् । यो गीत सुनेर सुमोना मक्ख समेत परेकी छन् । त्यसपछि सुमोनाले ती महिलासँगै चियाबारीमा गीत पनि गुन्गुनाउँछिन् ।

भिडियो हेर्दा यो टेलिभिजन कार्यक्रम छायांकनजस्तो पनि देखिन्छ । सुमोना द कपिल शर्मा शोबाट नेपालमा समेत चर्चित छिन् । यो शोका सबै सिजनमा उनले काम गरेकी छन् । उनले उक्त कार्यक्रममा कपिल शर्माकी पत्नीको भूमिका पनि निर्वाह गरेकी छिन् । सेतोपाटी

२०७९ मंसिर ३, शनिबार प्रकाशित 1 Minute 335 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।