
मंसिर १, काठमाडौँ : नेपाल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो नागरिकता विवा-द झिकेर चक्र-ब्यूहमा फसाउन खोजेको बताएका छन् ।
केही पनि नगर्नेले केही गर्छु भन्नेसँग सधैं जवाफ खोज्ने गरेको र आफूलाई केवल जनताको मतले मात्रै जोगाउन सक्ने उनले बताए । चितवनको नारायणी किनारमा बिहीबार आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै लामिछानेले चितवनले
व्यक्तिलाई मात्रै नभएर देशलाई नै न्याय गर्नेमा आफूलाई विश्वास रहेको बताए । म सधैं च-क्रब्यूहमा रहने गरेको छु । सञ्चारकर्ममा रहँदा पनि मलाई सधैं घेरा-बन्दीमा पारिन्थ्यो । मैले जसोतसो तपाईंको मायाले सद्भावले ती घेराहरु तोड्न सफल भएको थिएँ
उनले भने, म अहिले पनि यस्तो चक्रब्यूहमा छु, तपाईंहरुले घण्टी चिह्नमा मतदान गरेरमात्रै त्यो चक्र-ब्यूहबाट निस्कन सम्भव हुनेछ । उनले आफूले हिजोका दिनदेखि नै सबैको कानमा घण्टी बजाइरहेकोले गर्दा अभिमन्यूको नियति भोग्नुपरेको दाबी गर्दै अब भने जनताको मत प्राप्त गरेपछि ‘ब्याण्ड’ नै बजाउने बताए ।
मलाई पटक-पटक म हुनुको प्रमाण मागिन्छ । मलाई प्रश्नहरुको घेरामा राखिन्छ । मलाई पटक-पटक शंकाको घेरामा राखिन्छ, उनले भने, विदेशको सुविधा छोडेर नगन्य व्यक्तिहरुमात्रै देश फर्केर आएका छन् । मैले देश फर्केर बिराएछु कि जस्तो पनि लाग्छ ।
लामिछानेले नागरिकता विवादतर्फ इंगित गर्दै आफूलाई कुनै दिन जीवित रहेको प्रमाण पनि पेस गर्न लगाउन सक्ने बताए । मलाई जिउँदो छस् भनेर प्रमाणित गर् भनिने छ र म त्यसको प्रमाण जुटाउन कुनै वडामा सिफारिस प्राप्त गर्नका लागि दस्तुर बुझाएको हुनेछु, उनले भने,
अब मसँग आफ्ना लागि भन्नुपर्ने केही पनि बाँकी छैन । म विवादसँग डराउने मानिस होइन । मलाई त देशै निकाल्न खोजेका मान्छेहरु पनि थिए । तर आज तिनीहरु कहाँ छन् मलाई थाह छैन । म हरेक नागरिकको घरमा सुखदु:खमा साथै छु ।
उनले नेपाली नागरिकको दु:खलाई सम्बोधन गर्नकै लागि यो अभियान सुरु गरेको बताउँदै मंसिर ४ मा घण्टी चिह्नलाई मतदान गरी सहयोग गर्न आग्रह गरे ।
उनले आफ्नो पार्टीले चुनाव नजिते देश फेरि पनि भ्रष्टाचार र बेथितिको जालोमा पर्ने दाबीसमेत गरे । नारायाणी किनारमा आमसभामा भाग लिन जम्मा भएका हजारौं नागरिक स्वत:स्फूर्तरुपमा आएको बताउँदै उनले अब परिवर्तनलाई कसैले पनि रोक्न नसक्ने दाबी गरे । कान्तिपुर मा खबर छ।