२०८० मंसिर २२ शुक्रबार
  • काठमाडौँ

चुनाव पछिको विकल्प वैदेशिक रोजगारी, म्यादी प्रहरीको पी-डा !

कात्तिक ३०, काठमाडौँ : नयाँबानेश्वरको व्यस्त चोकमा म्यादी प्रहरीको जिम्मेवारीमा खटिएकी सरिता भुजेल सडकमा सवारी साधनको अत्यधिक चाप हुदा आकासे पुलको प्रयोग गर्न नसक्ने वृद्धवृद्धालाई सडक वारपार गर्न सहयोग गर्छिन।

उनको आजभोलिको दैनिकी म्यादी प्रहरीको पोशाकमा हातमा लठ्ठी समातेर नयाँबानेश्वर चोकमा ट्राफिक व्यवस्थापन गर्न र नजिकै रहेको आकासे पुल चढ्न नसक्ने वृद्धवृद्धालाई सडक वारपार गर्न सघाउने गर्दा बित्ने गरेको छ।

दोलखा स्थायी घरभएकी भुजेल श्रीमान्सँग काठमाडौँ बस्दै आएकि छन। तीन सन्तानको शिक्षाका लागि आफू दोलखाबाट काठमाडौं आएर बसेको उनि बताउछिन । श्रीमान्को आम्दानीले मात्र पुग्दैन। बेरोजगार बस्न मन लाग्दैन तर काम पाउन सीप छैन

उनले भनिन, म्यादी प्रहरीको भर्ना खुल्यो, बालबच्चा हेरचाहको जिम्मा श्रीमान्लाई सुम्पेर म्यादीको काममा आउने गरेकी छु। अहिले छोटो समयका लागि भए पनि म्यादी प्रहरीको रोजगारीबाट पाउने पारिश्रमिकले सन्तु-ष्टि मिलेको उनि बताउछिन।

घरमा यतिकै बस्नुभन्दा यहाँ काममा ख-टिँदा रमाइलो पनि हुने र आम्दानी पनि हुने यसैमा खुसी छु, उनले भनिन।
म्यादी प्रहरीका रुपमा सडकमा रहँदा कतिपयले आफूहरुको अनुरोधलाई बेवास्ता गर्दा अस-हज लाग्ने गरेको उनी बताउछिन। मङ्सिर ४ गते हुने निर्वाचन सकिएसँगै म्यादी प्रहरीको ४० दिनको जिम्मेवारी पनि सकिन्छ।

सरितासँग रोजगारीको अन्य कुनै विकल्प नभएको सुनाउँदै भन्छिन, निर्वाचनपछि त्यही पुरानो दैनिकीमा फर्किन्छु।
नयाँबानेश्वरको व्यस्त चोकमा सडक पार गर्न आकासे पुल छ। तर कतिपय पैदलयात्रु गुडिरहेका सवारीको भीडमै सडक वारपार गर्छन्।

नीलो पोसाकमा लट्ठी हातमा लिएर डिउटीमा खटिएका म्यादी प्रहरीको समूहले सिठ्ठी फुक्छन्। तर पनि पैदल यात्रु उनीहरुले फुकेको सिठ्ठीको आवाजलाई कुनै वास्तै गर्दैनन्। हामी म्यादी प्रहरीलाई पैदल यात्री र सवारी चालकले पनि अटेर गर्छन्।

हामीले भन्दा उहाँहरु ‘पैदलयात्रु र सवारी चालक, हाँस्नु हुन्छ, मान्नु हुन्न, २१ वर्षिय म्यादी प्रहरी शङ्कर बोहराले आफ्नो काम गर्दाको अनुभव सुनाउँदै भने। नयाँबानेश्वर चोकमा खटिएका अर्का म्यादी प्रहरी मनोज कुवँरले सँगैको साथी बोहराको भनाइमा सहमति जनाउँदै थपे, कतिले त म्यादी भनेर गिज्याउनु हुन्छ।

उनिहरु दुवैजना बैतडीका स्थानीय बासिन्दा हुनु। काठमान्डौँ बसेर अध्ययनरत दुवै विद्यार्थी हुनुहुन्छ। अध्ययनका र रोजगारीका सिलसिलामा काठमाडौँ छिरेका दुवैजना सँगै डेरामा बस्छन। मनोज शिक्षण पेसाभन्दा म्यादी प्रहरीमा धेरै पारिश्रमिक पाउने भएपछि भर्ना भएको बताउछन। शङ्कर भने यसअघिको स्थानीय निर्वाचनमा पनि म्यादी प्रहरीमा भर्ना भएर जिम्मेवारी निर्वाह गरिसकेका छन।

मनोज र शङ्कर दुवैजना म्यादी प्रहरीको जिम्मेवारी सकिएपछि वैदेशिक रोजगारीमा जाने सोच बनाएको बताउछन। “नेपाल प्रहरीमा भर्ती हुने इच्छाले म्यादीसम्म डोर्‍यायो। तर अब प्रहरीमा भर्ती हुन उमेरले नमिल्ने भएकाले विदेश जाने सोचमा छु,” शङ्करले भने। काठमाडौँको सामान्य घर भाडा तिर्नसमेत धौ धौ हुने भएकाले निर्वाचनलगत्तै जुन देश जाँदा कम लगानी लाग्छ त्यहीँ जाने सोचमा रहेको मनोजले बताए।

काठमाडौँमा नियमित खटाइएका ट्राफिक प्रहरी निर्वाचनका कारण बाह्य जिल्लामा थप मद्दतका लागि पठाइएका अवस्थामा उपत्यकाको ट्राफिक व्यवस्थापनको समेत सहयोगका लागि परिचालन गरिएको नेपाल प्रहरीका प्रवक्ता, प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले बताए। अहिले काठमाडौँमा करिब चार सय ट्राफिक प्रहरी खटिएका र बाँकी म्यादी प्रहरीहरुको सहयोगमा सवारी व्यवस्थापनको काम भइरहेको उनले बताए ।

देशभर निर्वाचन सुरक्षाका लागि एक लाख १५ हजार म्यादी प्रहरी खटिइएका छन्। ८४ हजार तीन सय ६८ पुरुष छन् भने ३० हजार ६ सय ३२ महिला रहेका छन्। काठमाडौँमा अहिले तीन हजार दुई सय ७८ म्यादी प्रहरी छन्। आवश्यतानुसार मतदानस्थल, मोबाइल र रिजर्भमा समेत परिचालन गरिनेछ।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचलाई शान्तिपूर्ण, भयरहित, स्वतन्त्ररुपमा सम्पन्न गर्न नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी र राष्ट्रिय अनु-सन्धान संयुक्त रुपमा परिचालन गरिएको छ। नेपाल प्रहरीअन्तर्गत म्यादी प्रहरीको परिचालन गरिएको हो।

म्यादी प्रहरीहरु मतदानस्थलको सुरक्षा, मतदान बक्सको सुरक्षा र नेपाल प्रहरीले गर्ने दैनिक कार्य गस्ती, निग-रानी, सूचना सङ्कलन, घट-नास्थलको सुरक्षा र ट्राफिक व्यवस्थापनको जिम्मेवारीमा खटिरहेका छन।

२०७९ कार्तिक ३०, बुधबार प्रकाशित 1 Minute 92 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।