२०८० मंसिर २० बुधबार
  • काठमाडौँ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल परीक्षण चरणमा प्रवेश, मङ्सिर ५ देखि क्यालिब्रेसन उडान !

कात्तिक ३०, काठमाडौँ : पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ५ मंसिरदेखि ‘क्यालिब्रेसन’ उडान हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले ५ मंसिरदेखि पोखरा क्षेत्रीय

अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण उडान गर्ने तालिका स्वीकृत गरेको छ । परीक्षण उडान ११ मंसिर सम्म हुने प्राधिकरणले जनाएको छ ।

यान्त्रिक परीक्षण उडानका लागि एरो थाई कम्पनीको जहाज नेपाल आइसकेको प्राधिकरणले जनाएको छ । क्यालिब्रेसन उडानको प्रतिवेदनपछि परीक्षण उडान हुनेछ ।

यस अघिनै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सरकारले १ जनवरी २०२३ देखि व्यावसायिक उडान गर्ने निर्णय गरिसकेको छ ।

२०७९ कार्तिक ३०, बुधबार प्रकाशित 0 Minutes 99 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।