
काठमाडौं : मंगलबार कपनको ढलमा खसेका बालकको श’व शनिबार बाग्मति नदीमा फेला परेको छ । मंगलबार दिउँसो पानी परेपछि एक्कासी पानीको ब’हाव बढेका बेला ढलमा फसेका १० वर्षका बालकको श’व
ललितपुरको महाङ्काल गाउँपालिकास्थित बागमती नदी किनारमा फेला परेको प्रहरीले जनाएको छ । कपनस्थित मिलनचोक नजिकै खोलामाथि बनाइएको सडकमाको ढ’लबाट १० वर्षीय उज्ज्वल विक फसेका थिए । बे’पत्ता भएको ५ दिनपछि उनको श’व फेला परेको हो ।
देख्दा-देख्दै रोक्न खोज्दा बालक नदीमाथि बनेको सडकको ढ’लबाट फसेको स्थानीयको भनाइ छ । उनलाई बचानका लागि बोलाउदा पनि उनले नसुनेपछि उनी अन्धधुन्द फसेको स्थानीयको भनाइ छ ।
उनी फसेको देखेका स्थानीयहरुले प्रहरीलाई खबर गरेर खोजी पनि गरिएको थियो । तर मंगलबार दिउँसो ठूलो पानी परेकाले उनलाई उ’द्धार गर्न प्रहरीले पनि सकेको थिएन । तर शनिबार ललितपुरका स्थानीयले नदी किनारमा शव फेला परेको पाएपछि प्रहरीमा खबर आएको ललितपुर प्रहरीले जनाएको छ ।
त्यसपछि श’व भेटिएको स्थानमा पुगेर अनुहार पहिचान गर्न नसकिएको प्रहरीले बताएको छ । तर उनले लगाएको टिसर्टमा कपन मावि लेखिएकोले उज्वल विक नै भएको प्रहरीले पहिचान गरेको छ । बालकको श’व बुझ्न उनका आफन्त आउदै गरेको ललितपुरले बताएको छ ।