२०८० फाल्गुन १० बिहीबार
  • काठमाडौँ

स्वतन्त्र पाटीको डा. तोसिमा कार्कीको उम्मेदवारी कायमै रहने !

कात्तिक २९, काठमाडौं : आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार दिएकी डा. तोसिमा कार्कीको उम्मेदवारी कायम हुने भएको छ ।

सोमबार न्यायाधीशहरु ईश्वरप्राद खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले यसअघि न्यायाधीश कुमार चुडालको इजलासले दिएको अन्तरिम आदेशलाई नै निरन्तरता दिदै उम्मेदवारी कायम राख्न आदेश दिएको हो ।

उम्मेदवार दर्तापश्चात् निर्वाचन आयोगले लाभको पदमा बसेर उम्मेदवार बनेको भन्दै उम्मेदवारी खारेज गरिदिएको थियो । आयोगको उक्त निर्णयपछि तोसिमाले सर्वाेच्चमा मुद्धा दर्ता गराएकी थिइन् ।

सर्वाेच्चको आदेशसँगै आदेश खारेजीको माग गर्दै आयोगका सचिव गोकर्णमणि दवाडीले सर्वोच्चमा भ्याकेट दिएका थिए । तर, उक्त निर्णयमाथि सोमबार सुनुवाइ गर्दै न्यायाधीश खतिवडा र श्रेष्ठको इजलासले तोसिमा लाभको पदमा रहेको मान्न नमिल्ने ठहर गरेको हो ।

२०७९ कार्तिक २९, मंगलवार प्रकाशित 0 Minutes 130 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।