२०८० मंसिर २० बुधबार
  • काठमाडौँ

प्रदीप खड्काले भारतमा जिते डेब्यु अभिनेताको फिल्म अवार्ड !

कात्तिक २८, काठमाडौ : अभिनेता प्रदीप खड्काले भारतको आग्रामा आइतबार बेलुका सम्पन्न ग्लोबल ताज अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा डेब्यु अभिनेताको अवार्ड जितेका छन् ।

फेस्टिभलमा उनले ‘प्रेमगीत ३’को हिन्दी संस्करणतर्फको फिचर फिल्मतर्फ डेब्यु अभिनेताको अवार्ड जितेका हुन् । उत्कृष्ट फिल्म चाहिं ब्रिजेन्दर काला स्टारर हिन्दी फिल्म ‘मास्क’ बन्यो ।अवार्डकै लागि प्रदीप र प्रेमगीत ३ का निर्माताहरु

यतिबेला भारतको पर्यटकीय सहर आग्रामा छन् । फेस्टिभलमा प्रदीपले अवार्ड जित्दाको क्षणका भिडियो र तस्वीरहरु सार्वजनिक भएका छन् । एक तस्वीरमा प्रदीप र पार्श्व गायक तरुण सागर सँगै देखिएका छन् ।स्रोतका अनुसार मुम्बईको एक प्रोजेक्टका लागि प्रदीप यतिबेला भारतमा छन् ।

तर उक्त फिल्म गर्नेबारे आधिकारिक पुष्टि भइसकेको छैन । प्रेमगीत ३ ले नेपाल, भारतसहित विश्वभर उछाल कमाइ गरेको थियो । यो पनि -नेपालको रमणीय दृश्य खिचिएको बलिउड फिल्म ‘उचाई’ले भारतीय बक्स अफिसमा गज्जबको व्यापार गरिरहेको छ ।

यो फिल्मलाई राजश्री प्रोडक्शनले पहिलो दिनबाट नै करिब ५ सय हलमा मात्र रिलिज गरेको थियो । पहिलो दिन करिब २ करोडको व्यापार गरेको फिल्मले दोश्रो दिन शनिबार व्यापार बढायो ।

शनिबार यो फिल्मको व्यापार ३.६४ करोड थियो ।आइतबार पनि फिल्मको व्यापार करिब ६ करोडको आसपासमा भएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।भारतीय समीक्षकहरुले यो फिल्मले हलमा फ्यामिली दर्शक फर्काएको उल्लेख गरेका छन् ।परिवारसहित हलमा दर्शकहरु पुगेका छन् ।

फिल्मले निरन्तर व्यापारमा नयाँ नयाँ रेकर्ड कायम गरिरहेको छ । सुरज बड्जात्याको निर्देशनमा तयार भएको यो फिल्मले चार जना साथीको कथा भन्छ । फिल्ममा नेपालको सगरमाथा आधार शिविरसम्मका दृश्यलाई रोचक तरिकाले खिचिएको छ ।नेपाली दर्शकले पनि यो फिल्मलाई रुचाएका छन् ।

यसैले, आइतबार पनि फिल्मको व्यापार सुखद देखिएको छ । नेपाली फिल्मका सफल कलाकारहरु दीपाश्री निरौला, दीपकराज गिरी लगायतले पनि यो फिल्मको खुलेरै प्रशंसा गरेका छन् ।

फिल्मलाई नेपालमा वितरण गरेका वितरक राजन पुरीले पनि यो फिल्मको व्यापार नेपालमा राम्रो रहेको प्रतिक्रिया दिएका छन् । अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानी, डेनी, परिणिती चोपडा लगायतका कलाकारको अभिनय रहेको यो फिल्मले नेपालको पर्यटन प्रवद्र्धनमा उल्लेखनीय भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

२०७९ कार्तिक २८, सोमबार प्रकाशित 1 Minute 166 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।