
कात्तिक २८, काठमाडौ : जनवरी २०२३ देखि यो विमानस्थल सञ्चालनमा ल्याउने घोषणा यसअघि नै गरिसकेको छ ।
कम्पनीका अनुसार यो पोखरा–बनारसमा साताको तीन
(आइतबार, मंगलबार र बिहीबार) उडान हुने छ । बुद्धले अहिले काठमाडौं–बनारस रुटमा उडान गरिरहेको छ ।
पोखराबाट थप दुई गन्तव्यमा उडानको तयारी
बुद्ध एयरका अनुसार पोखरा विमानस्थलबाट भारतका थप दुई विमानस्थलमा उडान विस्तारको योजना छ । एयर ट्राफिक सर्भिस रुटका लागि नेपाल सरकारले भारतीय सरकारसँग
पहल गरिरहेका कारण स्लट र रुट स्वीकृत हुनासाथ पोखरा–दिल्ली र पोखरा–देहरादुन रुटमा बुद्धले उडान गर्ने भएको छ ।
यी दुवै गन्तव्यमा सातामा क्रमशः २ र ३ दिन उडान गर्ने बुद्ध एयरले जानकारी गराएको छ । यी रुटका लागि यथाशीघ्र प्रक्रिया अगाडि बढाइने बुद्ध एयरले जनाएको छ ।