२०८० मंसिर २० बुधबार
  • काठमाडौँ

केपि ओलीलक्षित हर्क साम्पाङको आ’क्रोश – उभिएर भाषणसम्म गर्न नसक्नेले मलाई चूनौ-ति दिएर गएछ !

काठमाडौं २६, कार्तिक : धरान उपमहानगरका मेयर हर्क साम्पाङले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कडा जवाफ फर्काएका छन् ।

आज (शुक्रबार) पार्टीको चुनावी कार्यक्रममा सम्बोधन गर्न धरान पुगेका ओलीले मेयर साम्पाङबारे आलोचनात्मक टिप्पणी गरेका थिए ।

ओलीको आफूबारेको टिप्पणीको जवाफ दिँदै मेयर साम्पाङले धाराप्रवाह रुपमा आलोचना गरेका छन् । उनले भनेका छन्, उभिएर भाषण सम्म गर्न नसक्नेले हर्क साम्पाङलाई चुनौ-ती दिएर गएछ ! कठै बरा… गफाडी !

उसको घरको उसको व्यक्तिगत कमाइ जस्तो गर्दो रैछ ! राष्ट्र के हो भन्ने सम्म नबुझ्ने अन्पढले राष्ट्रिय बजेटको कुरा गर्ने ? गोज्याङ्ग्रा!

फेशबुकमार्फत उनले ओलीसँग आक्रोश पोखेका छन् । उनले अर्को पोष्टमा लेखेका छन्- एक सूरमा जनताको सुख र सुविधाका लागि दिन भरि ढुङ्गा बोक्ने म सानो र सोझो मान्छेलाई छेड छाड गर्दै भोट नमाग है ! आफै सिद्धिने खाल्डो नखन्नु !

२०७९ कार्तिक २६, शनिबार प्रकाशित 1 Minute 135 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।