२०८० मंसिर २२ शुक्रबार
  • काठमाडौँ

स्वतन्त्र पाटीको सोविता गौतमसँग भिड्न सक्लिन् त माओवादीकी नेतृ ओनसरी घर्ती ?

कात्तिक २५, काठमाडौँ : नेकपा माओवादी कैन्द्रकी आशालाग्दो नेतृ हुन् । नेपालको पहिलो महिला सभामुख ओनसरी घर्ती माओवादी पार्टी शान्ति प्रक्रियामा आएपछि

गठन भएको पहिलो संविधानसभामा समानुपातिक तर्फबाट सभासद बनेकी घर्तीले दोस्रो संविधानसभामा जान चाहिं प्रत्यक्ष निर्वाचन रोजिन् । त्यसका लागि उनले रोल्पा क्षेत्र नं २ रोजिन् र जितिन् पनि ।

तर अहिले आएर कुन्तीले काठमाडौँ २ बाट एमालेका स्थानीय उम्मेदवार मणिराम फुँयाल, राप्रपाकी कुन्ती पोखरेल र रास्वपाकी सोविता गौतमसँग प्रतिस्पर्धा गर्दैछिन् ।सत्ता गठबन्धनको मतलाई सुरक्षित राख्दै विपक्षीहरूलाई पाखा लगाउन सक्दा रोल्पाकी ओनसरी घर्तीका लागि काठमाडौं(२ भविष्यको लागि समेत सहज हुनेछ ।

२०६४ सालको पहिलो संविधानसभा चुनावमा काठमाडौंका १५ क्षेत्रमध्ये ७ वटामा जितेको माओवादी दोस्रो संविधानसभामा राम्रो नतिजा नल्याएको माओवादीका लागि काठमाडौँ काँग्रेसको भर छ ।घर्तीले यो निर्वाचनमा एमालेका नेताको चर्को सामना गर्नुपर्ने देखिन्छ ।

जहाँकी गत स्थानीय तह चुनावमा वडाअध्यक्षका उम्मेदवारहरूले काठमाडौं २ मा पाएको दलगत मतमा यो क्षेत्रमा नेकपा (एमाले)को १७ हजार ३२८, नेपाली कांग्रेसको १४ हजार १२८, नेकपा (एकीकृत समाजवादी)को ७ हजार ९११,

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को ७ हजार २०० र माओवादी केन्द्रको सबभन्दा कम ३१३१ रहँदा सत्ता गठबन्धनको २५ हजार १७० मतकै भरोसामा छिन् ओन्सारी ।
जितका लागि उनी गठबन्धनमै पूर्ण निर्भर रहेरै रोल्पाबाट काठमाडौँ २ आएकी हुन् ।

उता नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राजतन्त्र नब्युँतिने बताउनुभएको छ । झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत रहनुभएका उहाँले संवैधानिक व्यवस्थाबमोजिम राज्यबाट सुविधा लिएका व्यक्तिले व्यवस्थाको विरोध गरेर हिँड्न नहुने बताउनुभयो ।

आज भद्रपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता सिटौलाले मुलुकको विकास र समृद्धिका लागि गठबन्धनका पक्षमा मतदान गर्न समेत आग्रह गर्नुभयो । उहाँले नेपाली काङ्ग्रेसले घोषणपत्रमा समेटेको ‘३-७३’ कार्यान्वयनका लागि गठबन्धनका उम्मेदवारको जित आवश्यक भएको बताउनुभयो ।

२०७९ कार्तिक २५, शुक्रबार प्रकाशित 1 Minute 194 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।