२०८० मंसिर २० बुधबार
  • काठमाडौँ

डा. गोविन्द केसीले मागे गगन थापालाई भोट !

कात्तिक २६, काठमाडौं : चिकित्सा शिक्षा सुधारको अभियन्ता डा. गोविन्द केसीले काठमाडौं–४ का उम्मेदवार गगन थापाका लागि मत मागेका छन् ।

एक भिडियो सन्देशमा मेडिकल शिक्षा, स्वास्थ्य क्षेत्र र सुशासनको आफ्नो अभियानमा गगन थापाले एक दशकदेखि साथ दिएको केसीले बताएका छन् ।

कति उपलब्धी त उहाँको सहयोग नभएको भए प्राप्त हुँदैनथ्यो’ केसीले भनेका छन्, गगन थापा र उहाँजस्तै चरित्र भएका सबै युवा नेतालाई शुभकामना छ ।

आफ्नो विवेकमा उभिएर बोल्ने र त्यसमै अडिग रहन सक्ने युवा नेताहरुको सानो सूची रहेको भन्दै उनले गगन थापा उक्त सूचीको अग्रपंक्तिमा रहेको पनि बताएका छन् ।

२०७९ कार्तिक २६, शनिबार प्रकाशित 0 Minutes 39 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।