
काठमाडौं : ईलाका प्रहरी कार्यालय सालझण्डी, रुपन्देहीमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) दिवाकर रिजाल भदौ महिनामा रुपन्देही जिल्लाकै सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले इन्स्पेक्टर रिजालसहित तीन जना प्रहरीलाई ‘हाइ इन्टिग्रेटी इन्चार्ज अफ द मन्थ’ अवार्ड र अभिलेखमा जनिने गरि नगद पुरस्कार समेत प्रदान गरेको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी)
मनोजकुमार केसीले आज नगद पुरस्कारसहित सम्मान गरेका हुन् ।
पुरस्कार प्राप्त गर्ने अन्य प्रहरी अधिकारीमा ईलाका प्रहरी कार्यालय धकधई, रुपन्देहीमा कार्यरत प्रहरी नायव निरीक्षक हरिनारायण श्रेष्ठ र प्रहरी चौकी पिप्रहवा, रुपन्देहीमा कार्यरत प्रहरी सहायक निरीक्षक राजेन्द्र रावल रहेका छन् ।
इन्स्पेक्टर रिजालसहित तीनै जनाले आफूलाई सुम्पिएको जिम्मेवारी कुशलतापूर्वक एवम् प्रशंसनीय ढंगबाट सम्पादन गर्दै उनीहरुले फरार अ’पराधी प’क्राउ, अवैध सामान ब’रामद, ला’गूऔषध नियन्त्रण, सवारी दु’र्घटना न्यूनीकरण तथा प्रतिकार्यको निश्चित आधारमा उच्च
इन्टेग्रिटी स्कोर प्राप्त गरेकाले उनीहरुलाई पुरस्कृत गरिएको एसपी केसीले जानकारी दिए ।एसपी केसीका अनुसार प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जिल्लामा कार्यरत प्रहरीहरुमध्ये उत्कृष्ट कार्य गर्ने प्रहरीलाई हरेक महिना पुरस्कृत गर्दै आइरहेको छ ।