२०८० फाल्गुन ११ शुक्रबार
  • काठमाडौँ

विदेश पठाइदिन्छु भन्दै ८४ लाख रुपैयाँ ठ’गी गरेको आ’रोपमा प’क्राउ !

कात्तिक १७, सुनसरी : सुनसरीमा एक पुरुषले वैदेशिक रोजगारीमा पठाउने भन्दै ८४ लाख रुपैयाँ ठ-गी गरेको खुलेको छ ।

पक्रा-उ पर्नेमा ‘युएस पलाउ जव सर्भिस’ नामक कम्पनीका सञ्चालक सुनसरीको इनरुवा नगरपालिका ३ का ३४ वर्षीय राजीवजङ्ग थापा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी प्रभुप्रसाद ढकालका अनुसार वैदेशिक रोजगारीका लागि पलाउ पठाउने भन्दै १२ जनाबाट ८४ लाख ठ-गी गरेको आरोपमा प्रहरीले थापालाई प+क्राउ गरेको हो ।

उनले ०७३ सालमै जनही सात लाख रुपैयाँ रकम लिएर फरार रहेको एसपी ढकालले जानकारी दिए । थापालाई वैदेशिक रोजगार न्यायधीकरण काठमाडौंले २०७६ असार ८ गते

१ वर्ष ६ महिना कैद र १ लाख ५० हजार जरिवानाको फैसला भएको सुनाएको थियो । यस्तै, बिगो बापत १ करोड २६ लाख भराउने फैसला भएको थियो । तर, थापा फरार रहेका थिए ।

उनलाई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले मंगलबार (हिजो) पक्रा-उ गरेको हो । इनरुवा नगरपालिकास्थित गाँउघरबाटै प-क्राउ गरी स-जाय

भुक्तानका लागि झुम्का का-रागार पठाइएको प्रहरीले जनाएको छ । सुनसरीमा आर्थिक वष २०७९।०८० मा मात्रै एक सय ३२ जना फ-रार प्रतिवा-दीलाई प्रहरीले पक्रा-उ गरी कारबाहीको दायरामा ल्याएको जनाएको छ । राजधानी दैनिकबाट

२०७९ कार्तिक १७, बिहीबार प्रकाशित 1 Minute 218 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।