२०८० मंसिर २० बुधबार
  • काठमाडौँ

गौतमबुद्ध विमानस्थल बाट उडान एक महिनालाई पर सार्यो बिज एयर !

कात्तिक १६, काठमाडौं : विज एयरवेजले एक महिनापछि मात्रै भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवा–कुवेत उडान सुरु गर्ने भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार अपरेशनल सेफ्टी एसेसमेन्ट (ओएसएस)का लागि एक महिना समय लाग्ने भएकाले उक्त एयरवेजले एक

महिनापछि मात्र उडान सुरू गर्ने तयारी गरेको हो ।
यसअघि विज एयरवेजले आज (कात्तिक १३)देखि गौतम बुद्ध विमानस्थलबाट उडान सुरु गर्ने बताएको थियो ।

अब डिसेम्बर १ तारिखबाट मात्रै उसले उडान सुरु हुने प्राधिकरणको भनाई छ । जेठ २ गतेदेखि व्यवसायिकरुपमा सञ्चालनमा आएको गौतमबुद्ध विमानस्थलमा

जजिरा एयरवेजले मात्र अन्तर्राष्ट्रिय उडान गरिरहेको छ । आबुधावीबाट भैरहवाका लागि विज एयरले सातामा तीन उडान गर्न प्राधिकरणबाट अनुमति लिइसकेको छ ।

२०७९ कार्तिक १६, बुधबार प्रकाशित 0 Minutes 175 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।