२०८० मंसिर २२ शुक्रबार
  • काठमाडौँ

नेता ओलि भन्नुहुन्छ – मत खसाल्नुअघि गम्भी-र भएर विचार गर्नुहोस् ।

कात्तिक १५,काठमाण्डौ : नेकपा एमालेले आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावमा राष्ट्रियहितको रक्षा र संवर्द्धन : स्थायित्व, सुशासन र विकासको प्रवर्द्धन मुख्य सङ्कल्प बोकेर मतदातासमक्ष जाने भएको छ ।

अघिल्लो निर्वाचनमा नेपाली जनताले राजनीतिक स्थायित्व र समद्धिका लागि मत दिएर देशको सबैभन्दा ठूलो पार्टी बनाएको घट-नाको स्मरण गर्दै एमालेले आउँदो चुनावका लागि जारी गरेको घोषणापत्रमा एक मतले देशको भाग्य कोर्ने भएकाले

अमूल्य मत खसाल्नुअघि गम्भीर भएर विचार गर्न अपिल गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज मङ्गलवार डिजिटल अनावरण गरी जारी भएको घोषणापत्रमा देशमा न्याय, समानता र समृद्धिका जनआकाङ्क्षा पूरा गर्न एमालेले अविचलित निष्ठाका साथ लडिरहने सङ्कल्प गरेको छ ।

आउँदो चुनावमा विभिन्न सङ्कटको चक्रव्यूहबाट देशलाई मुक्त गर्ने निर्णायक अवसर भएको उल्लेख गर्दै अध्यक्ष ओलीले भन्नुभयो, देशका समस्या देशभित्रैबाट समाधान गर्न हामी सक्षम छौँ भनी संसारलाई देखाउने अनुकूल समय हो ।

गम्भीर र संवेदनशील राष्ट्रिय परिस्थितिका बीचमा हुन गइरहेको चुनावको विशेष महत्त्व रहेको उल्लेख गर्दै एमालेले भनेको छ, हामीले खसाउने प्रत्येक मतले देशको आगामी बाटो र भविष्यको फैसला गर्नेछ ।

२०७९ कार्तिक १५, मंगलवार प्रकाशित 1 Minute 108 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।