२०८० फाल्गुन १० बिहीबार
  • काठमाडौँ

अध्यक्ष ओलि भन्छन् – बाध्यात्मक परिस्थितिले संसद् विघटन गर्नुपरेको हो ।

कात्तिक १५, काठमाण्डाै : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनको निर्णयलाई पुनः एक पटक बचाउ गर्नुभएको छ ।

आज मङ्गलवार सार्वजनिक भएकाे पार्टीको घोषणापत्रमा अध्यक्ष ओलीले संसद् विघटनलाई आफ्नो बाध्यात्मक परिस्थिति भएको उल्लेख गर्नुभएको हो । घोषणापत्रमा लेखिएको छ ।

जनादेश विपरीत प्रधानमन्त्रीलाई पाँच वर्षे कार्यकाल पूरा गर्न नदिने र महाधिवेशनबाट निर्वाचित पार्टी अध्यक्षलाई सडकबाटै कारबाही गर्ने अराजक र अलोकतान्त्रिक कार्य गरिए । पुरानो जनादेशको बनावट भत्काइएको यसै पृष्ठभूमिमा प्रतिनिधि सभा विघटन गरेर नयाँ चुनावकाे घोषणा गर्नुपर्ने बाध्यात्मक परिस्थिति निर्माण भयो  ।

घोषणापत्रमा ओलीले तत्कालीन नेकपाका अध्यक्ष प्रचण्ड, नेता माधव नेपाल र उहाँको पक्षले आफ्नो सरकार र पार्टी विघटन गर्न लागेकाले संसद् विघटन गर्नुपरेको उल्लेख गर्नुभएको छ ।

तत्कालीन नेकपाभित्रका अवसरवादी, अराजक र अपवित्र पात्रहरू यसका लागि प्रयोग भए । उनीहरूका लागि आन्दोलन र देशको भविष्यभन्दा आफ्नो अहङ्कार, कुण्ठा तथा आफ्नो परिवार र गुटको हित ठूलो भयो, राष्ट्रको स्वाभिमान र गरिमाभन्दा व्यक्तिगत स्वार्थ सर्वोपरि बन्यो, घोषणापत्रमा उल्लेख छ ।

२०७९ कार्तिक १५, मंगलवार प्रकाशित 0 Minutes 123 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।