२०८० मंसिर २२ शुक्रबार
  • काठमाडौँ

अब देखि काठमाडौं बाट चार्टर्ड उडान गर्न नपाइने, भैरहवा एयरपोर्टबाट मात्र पाइने !

कात्तिक १३, काठमाडौँ : सरकारले अब त्रिभुवन विमानस्थलबाट चार्टर्ड उडान गर्न प्रतिबन्ध लगाएको छ । भैरहवास्थित गौतबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको

सञ्चालन खर्च उठाउनुपर्ने भन्दै त्रिभुवन विमानस्थलबाट चार्टर्ड उडान गर्न नदिने निर्णय नेपाल नागरिक उड्डयन प्राधिकरणले गरेको हो । दैनिक ४० उडान क्षमता भएको भैरहवास्थित एयरपोर्टले विमान उडानमा कमि आएपछि सञ्चालन

खर्च समेत उठाउन नसकेपछि प्राधिकरणले यस्तो निर्णय गरेको हो । त्यस्तै प्राधिकरणले काठमाडौँबाट दैनिक तीन भन्दा बढी अन्तर्राष्ट्रिय उडान गर्ने नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सलाई उडान तालिकामा भैरहवाबाट पनि उड्न

बाध्यकारी गराउने गरी त्रिभुवन विमानस्थलबाट हुने केही उडान कटौती गरिदिएको छ । प्राधिकरणले उडान कटौती गरिदिएपछि नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले अब भैरहवा

स्थित विमानस्थलमा २–२ वटा अन्तर्राष्ट्रिय उडान गर्न बाध्यकारी व्यवस्था गरेको छ । यसै नियमानुसार तीन भन्दा बढी उडान भर्ने विदेशी वायुसेवा कम्पनीहरुले समेत आगामी १५ डिसेम्बरदेखि भैरहवामा उडान भर्ने तालिका बनाउन पर्ने भएको छ ।

२०७९ कार्तिक १३, आईतवार प्रकाशित 0 Minutes 114 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।