२०८० मंसिर २० बुधबार
  • काठमाडौँ

बिदेशी पर्यटकले पोखरामा लगाए सप्तरङ्गी टीका !

कात्तिक ११,पोखरा : तिहारमा सप्तरङ्गी टीका लगाएर पोखरामा नेपालीमात्रै रमाएनन्, विदेशी पर्यटक पनि रमाए । पश्चिमाञ्चल होटल सङ्घ पोखराले आयोजना गरेको

१५ औँ भाइटीका महोत्सवमा विभिन्न देशका पर्यटक सप्तरङ्गी टीका लगाउन पाउँदा दङ्ग परे । सङ्घको आयोजनामा भएको महोत्सवमा ३५ जना विदेशी पर्यटक सहभागी भएका थिए ।

पोखराको लेकसाइडमा भएको कार्यक्रममा पर्यटकलाई रेन्वो चिल्ड्रन होमका बालबालिकाले टीका, माला, ढाका टोपी र सल लगाइदिएका थिए । बालबालिकाले पर्यटकलाई नेपाली परम्पराअनुसार टीका लगाएर उपहार दिएका थिए भने

पर्यटकले पनि बालबालिकालाई दक्षिणा दिएका थिए । संस्कृतिका माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको पश्चिमाञ्चल होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले बताउनुभयाे ।

पर्यटक देउसीभैलो र सांस्कृतिक कार्यक्रममा सहभागी हुँदै नाचेका थिए । स्वदेशी तथा विदेशी पर्यटकमाझ आपसी भाइचाराको अभिवृद्धि गर्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा नेपाली संस्कृतिलाई पहिचान प्रदान गर्न महोत्सव सफल हुने आयोजकको विश्वास छ ।

२०७९ कार्तिक ११, शुक्रबार प्रकाशित 0 Minutes 70 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।