२०८० मंसिर २० बुधबार
  • काठमाडौँ

अध्यक्ष ओलीद्वारा नागरिकसँग ४ घण्टा टेलिफाेनमा कुराकानी !

कात्तिक ४, काठमाण्डाै : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज शुक्रवार नागरिकसँग झन्डै चार घण्टा टेलिफाेनमा कुराकानी गर्नुभएकाे छ ।

पूर्वनिर्धारित कार्यक्रमअनुसार उहाँले नागरिकसँग टेलिफाेनमा कुराकानी गर्नुभएकाे हाे । नागरिकसँग भएका कुराकानीले आफू उत्साहित भएकाे पनि अध्यक्ष ओलीले बताउनुभएकाे छ ।

उहाँसँग कुराकानी गर्न दुई लाख नाै हजार एक सय १६ जनाले नाम टिपाएका थिए । अध्यक्ष ओलीले सबैसँग कुरा गर्न नपाएकाे भन्दै यसलाई निरन्तरता दिने बताउनुभएकाे छ ।

गएकाे मङ्गलवार ओलीले फेसबुकमा एक तस्बिर सार्वजनिक गर्दै नागरिकसँग टेलिफाेन कुराकानी गर्ने बताउनुभएकाे थियाे ।

२०७९ कार्तिक ४, शुक्रबार प्रकाशित 0 Minutes 111 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।