२०८० मंसिर २० बुधबार
  • काठमाडौँ

प्रधानमन्त्री देउवालाई हराएरै छाड्छु भनेका सागर ढकालले आफैलाई भोट दिन नपाउने !

असोज ३१, काठमाडौ : प्रतिनिधिसभा निर्वाचनमा मतदाता नामावली भएको क्षेत्रभन्दा बाहिर उम्मेदवार बनेकाहरुले आफैँलाई भोट हाल्न नपाउने भएका छन्।

मतदाता नामावली भएको क्षेत्रभन्दा बाहिर उम्मेदवार बनेकाहरुले भोट हाल्न नपाउने निर्वाचन आयोगले जनाएको छ। त्यस्ता उम्मेदवारले प्रत्यक्षमा मात्र नभइ समानुपातिकमा समेत मतदान गर्न नपाउने भएका छन्।

सुदूरपश्चिममा यस्ता उम्मेदवारमा सागर ढकाल पनि रहेका छन्। ढकालले आफूलाई मत हाल्न पाउने छैनन्। गुल्मीका सागर डडेल्धुराबाट उठेका छन्। ढकाल प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासंग प्रतिस्प्रधा गर्ने छन्।

आधिकारिक निकायको परिचय-पत्रबाट पनि मतदान गर्न मिल्ने !

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मतदाताले आफ्नो नाम भएको मतदानकेन्द्रमा मतदान गर्न जाँदा आयोगले प्रदान गरेको परिचयपत्र वा अन्य परिचय खुल्ने सरकारी परिचयपत्रबाट पनि मतदान गर्न पाउने भएका छन् ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, लालपूर्जा वा आधिकारिक निकायबाट जारी परिचय खुल्ने परिचयपत्र देखाएर पनि मतदान गर्न पाउने व्यवस्था गरिएको बताउनुभएको हो ।

२०७९ आश्विन ३१, सोमबार प्रकाशित 1 Minute 187 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।