२०८० मंसिर २२ शुक्रबार
  • काठमाडौँ

मलेसिया बाट घर आउने अनुमति त बन्यो तर परिवारसँग सम्पर्क नहुँदा टिकट भएन !

असोज २९, धादिङ : वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा पुग्नुभएका धादिङको खनियाबास गाउँपालिका २ झा-र्लाङका बुद्धिमान तामाङको परिवार पहिचान गर्न समस्या भएको छ ।

प्रवासी नेपाली समन्वय समिति पीएनसीसीका अनुसार रोजगारीको सिलसिलामा मलेसियामा समस्यामा पर्नुभएका बुद्धिमानको घर धादिङको खनियाबास गाउँपालिका २ झार्लाङ भन्ने पहिचान भए पनि त्यहाँ रहेका उहाँको परिवार

पहिचान गर्न नसक्दा उहाँको स्वदेश फिर्तीमै समस्या भएको छ । कागजातविहीन भएर मलेसियामा काम गरेका कारण पक्राउ पर्नुभएका उहाँको मलेसियाबाट नेपाल फिर्तीका लागि त्यहाँ रहेको नेपाली दूतावासले यात्रा अनुमति पत्र पनि बनाइसकेको छ ।

तर परिवारसँग सम्पर्क नहुँदा टिकटको भने समस्या भएको छ । परिवारको खोजीका लागि दूतावास र पीएनसीसी दुवैले संयुक्त रूपमा पहल भने गरिरहेको जनाएको छ ।

धादिङको नीलकण्ठ नगरपालिकाद्वारा सञ्चालित सुरक्षित आप्रवास कार्यक्रम अन्तरगत आप्रवासी श्रोत केन्द्रले पनि घर परिवार पहिचानको लागि पहल गरिरहेको छ । तर अहिलेसम्म परिवारसँग सम्पर्क हुन सकेको छैन ।

घरपरिवार पहिचान गर्नको लागि गाउँपालिकाका अध्यक्ष लगायत वडा अध्यक्ष र जनप्रतिनिधिहरूसँग समन्वय भइरहेको आप्रवासी श्रोत केन्द्रका सूचना तथा परा-मर्शदाता विनोद ढकालले जानकारी दिनुभयो । धादिङको उत्तरी विकट क्षेत्रमा भएकाले पनि बुद्धिमानको परिवारलाई सम्पर्क ल्याउनको लागि समस्या भएको हो ।

बुद्धिमान लामो समयदेखि मलेसियामा कागजात विहीन भएर काम गरिरहनुभएको थियो । पछिल्लो समय कागजातविहीन भएर काम गरेकै कारण उहाँलाई मलेसियन प्रहरीले पक्रा’उ गरेको थियो ।

अहिले मलेसियाबाट घर फर्कांउनका लागि उहाँलाई घर फिर्ती केन्द्रमा राखिएको छ । तर परिवारको सम्पर्क नम्बर नहुँदा परिवारसँग सम्पर्क भएकाे छैन । उज्यालो अन्लाईन

२०७९ आश्विन २९, शनिबार प्रकाशित 1 Minute 111 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।