
काठमाडौं : रुकुमका खेमबहादुर घर्ती शुक्रबार टिकट का’टेर दरबारमार्गमा रहेको नारायणहिटी संग्रहालयभित्र प्रवेश गरे । संग्रहालयको द्वारबाट छिरेपछि राजदरबार हेर्दै अघि बढे ।
राजदरबारभित्र प्रवेश गरेपछि उनी श्रीपेच राखेको सोकेश नजिकै पुगे । सोकेशभित्र रहेको श्रीपेच राम्रोसँग हेरे । छुन खोजे तर, सिसाभित्र थियो, श्रीपेच । त्यसपछि उनको मानसपटालमा एकाएक राजा हुने सपना आउँछ ।
मुक्काले हिर्काएर श्रीपेच राख्ने सोकेस नजिकैको खुकुरी राखेको सिसा फु’टाए । सिसाले हात काट्यो । रगत बग्न थाल्यो तर, उनी रोकिएनन् । त्यसपछि खुकुरीको सिसामा हि’र्काएर श्रीपेचको सोकेशतिर अघि बढे । यसअघि सिसा फु’टाएपनि उनले खुकुरी निकाल्न असफल भए थिए।
अघि बढेर श्रीपेचको सोकेशमा प्रहार गर्न खोज्दा नेपाली सेनाका सुरक्षा अधिकारीले उनलाई नियन्त्रणमा लियो ।काठमाडौंको म्हैपी बस्दै आएका घर्ती अहिले महानगरीय प्रहरी वृत्त दरबारमार्गको हिरासतमा छन् । २५ वर्षीय घर्तीले के कारणले श्रीपेच चोर्ने प्रयास गरे भनेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
तर, हालसम्मको अनुसन्धानमा त्यस्तो कुनै योजनाबद्ध ढंगले घर्तीले श्रीपेच चोर्न खोजेको देखिएको छैन । प्रहरीसँग ‘म राजा बन्छु, मलाई श्रीपेच लगाउनु छ भन्ने सोचेँ’ भनेर बयान दिएका छन् ।
उनले अनुसन्धानमा खटिएका टोलीलाई श्रीपेच लगाएर नारायणहिटीमा बसेर शासन चलाउने सोच आएको बताएका छन् । हाल प्रहरीको सम्पर्कमा उनका परिवारका सदस्य पनि पुगेका छन् ।
परिवारले उनी मानसिक समस्या रहेको र नियमित औषधी सेवन गरिरहेको प्रहरीलाई जानकारी दिएका छन् । तैपनि, प्रहरीले अन्य कारणबारे पनि अनुसन्धान गरिरहेको छ । साथै, घर्तीवि’रुद्ध सार्वजनिक सम्पत्ति तोडफोड र सार्वजनिक हितवि’रुद्धको कसुरमा मु’द्दा दर्ता गर्ने प्रक्रिया अघि बढाइएको छ ।