२०८० मंसिर २२ शुक्रबार
  • काठमाडौँ

नेता रावल भन्नुहुन्छ – ओलीका असंवैधानिक कामको विरोध गरेकाले मलाई टिकट दिइएन !

असोज २७, काठमाडौं : नेकपा एमालेका नेता भीम रावलले आफूले राष्ट्र र राष्ट्र हितका पक्षमा बोलेकै कारण पार्टी अध्यक्ष केपी शर्मा ओलीले चुनावमा टिकट नदिएको बताएका छन् ।

काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले आफूले ओलीले गरेका राष्ट्रहित विपरीतका र असं-वैधानिक कामको विरोध गरेका कारण टिकट नदिएको बताए ।

उनले पार्टी भित्र र पार्टी बाहिर ओलीले गरेका स्वेच्छा-चारी निर्णयको आफूले सधैं विरोध गरिरहेको बताए । पार्टी विभाजन रोक्नका लागि आफूहरुसँग भएको १० बुँदे सहमति पनि ओलीले कार्यान्वयन नगरेको आ-रोप रावलले लगाए ।

उनले १० बुँदे सहमति गर्नेलाई १० भाइ र १० बुँदेवाला भनेर चुनावमा टिकटमा भेदभाव गरेकाे आरोप पनि लगाए ।
रावलले दशकौं पार्टीमा पसिना बगाएका इमान्दार कार्य

कर्तालाई पाखा लगाएर जनताबाट अस्वीकृत व्यक्तिलाई उम्मेदवार बनाउनु कसरी न्याय संगत भयो भनेर प्रश्न पनि गरेका छन् ।

२०७९ आश्विन २७, बिहीबार प्रकाशित 1 Minute 102 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।