२०८० मंसिर २२ शुक्रबार
  • काठमाडौँ

नेपालमा दैनिक ८ हजारसम्म यात्रु उडाउँदै बुद्ध एयर !

असोज २६, काठमाडौँ : एउटा १८ सिटे अमेरिकी बिचक्राफ्ट जहाजबाट २५ वर्षअघि नेपाली आकाशमा सेवा थालेको निजी क्षेत्रको बुद्ध एयरले २०५४ असोज १५ देखि २०७९ असोज

१५ सम्म १ करोड ८० लाख ३२ हजार यात्रुलाई सेवा दिँदै आन्तरिक उडानमा पहिलो नम्बरमा उभिएको छ । मंगलबार २५औं वर्ष पूरा गरेको अवसरमा रजत जयन्ती मनाउने तयारी गर्ने अघिल्लो दिन राजधानीमा आयोजित पत्रकार सम्मेलनमा

बुद्ध एयरकी निर्देशक आस्था बस्नेत थापाले हवाई यातायातमा १६ वटा विमान भएको बुद्धले हाल दैनिक ८ हजार हाराहारी यात्रुलाई सेवा दिँदै आन्तरिक उडानमा पहिलो नम्बरमा कम्पनी रहेको बताइन् ।

उनका अनुसार बुद्धको आन्तरिक बजारमा ५६ प्रतिशत हिस्सा रहेको छ भने बाँकी ४४ प्रतिशत अन्य आठवटा एयरलायन्सको रहेको छ । हाल नेपालमा बुद्धसहित नौवटा वायुसेवा कम्पनीले कम्तीमा ३२ वटा सुगम तथा दु-र्गम विमानस्थलमा सेवा दिँदै आइरहेका छन् ।

बुद्धले २५ वर्षमा १ करोड ५१ लाख नेपाली, १७ लाख भारतीय र ११ लाख विदेशी गरी १ करोड ८० लाख यात्रुलाई सेवा दिइसकेको छ । हाल बुद्ध मुख्य हब काठमाडौंसहित १५ वटा गन्तव्यका ४३ वटा हवाई रुटमा सेवा दिँदै आइरहेको छ ।

त्यस्तै नेपालबाट भारतको धार्मिक सहर वाराणसीमा पनि यसले नियमित उडान गर्दै आएको छ । बुद्धसँग ७२ यात्रु क्षमताका एटीआर ११, ४७ यात्रु क्षमताका एटीआर ४ र १८ यात्रु क्षमताका बिच-क्राफ्ट २ गरी १६ वटा विमान छन् ।

आन्तरिक उडानमा सर्वाधिक विमान हुने वायुसेवा कम्पनीमा पनि बुद्ध नै पहिलो नम्बरमा रहेको छ । कुल १४ सय ५४ कर्मचारी भएको बुद्धसँग १६ वटा विमान उडाउने १ सय २७ पाइलट र यात्रु सेवाका लागि १ सय २० जना क्याबिन क्रू छन् ।

बुद्धको राजस्व विभागका अनुसार वार्षिक कारोबारको आँकडालाई आधार मान्दा यसले दैनिक साढे ३ करोड रुपैयाँ बराबरको टिकट बिक्री गर्छ । मार्केटिङ तथा सेल्स विभाग प्रमुख रुपेश जोशीका अनुसार को-भिडपछि यात्रुहरु विद्युतीय कारोबारतर्फ स्थानान्तरण भएका छन् ।

उनका अनुसार दैनिक बिक्री हुने टिकटमध्ये ७० प्रतिशत मोबाइल एपमार्फत डिजिटल पेमेन्ट गेटवेबाट बिक्री हुने गरेको छ भने ३० प्रतिशत यात्रुले मात्रै ट्राभल एजेन्सी वा बुद्धका काउन्टरबाट टिकट खरिद गर्ने गरेका छन् ।

बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले हाललाई बुद्धले दुर्गम सेवा विस्तार नगर्ने र सुगम रुटको उडान सेवालाई नै चुस्त बनाइने बताए । उनले पोखराबाट अन्तर्राष्ट्रिय उडान गर्न बुद्धको सर्तअनुसार अनुमति पाएमा मात्रै एटीआरबाटै गर्ने बताए । त्यस्तै दुर्गमका लागि छुट्टै कम्पनी स्थापना गर्ने घोषणा गरेका बस्नेतले हाललाई दुर्गम उडान गर्ने योजना स्थगित गरिएको बताए ।

२०७९ आश्विन २७, बिहीबार प्रकाशित 1 Minute 104 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।