२०८० मंसिर २० बुधबार
  • काठमाडौँ

रेशम चौधरीको उम्मेदवारी खारेज !

असोज ३१, बर्दिया : नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत रहेका रेशम चौधरीको उम्मेदवारी खा-रेज भएको छ। बर्दिया क्षेत्र नं २ बाट वारेसनामामार्फत् उम्मेदवारी दिएका चौधरीको

उम्मेदवारी खा-रेज भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। फौज-दारी अभियोग लागेका चौधरी काठमाडौंस्थित डिल्ली बजार जेलमा रहेका छन्।

अघिल्लो निर्वाचनमा चौधरीले कैलाली क्षेत्र नं १ बाट विजयी भएका थिए। सो क्षेत्रमा उनकी पत्नी रञ्जिता श्रेष्ठ चौधरीले प्रतिनिधिसभातर्फ उम्मे-दवारीद दिएकी छन्।

टीकापुर घट-नामा जिल्ला र उच्च अदालतले दो-षी ठ-हर गरेका चौधरीले डिल्लीबजार कारा-गारमा बसेर आफूमाथिको फै-सला विरु-द्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेका छन्। रेशमको उम्मेदवारी खा-रेज भएपछि उनले उम्मेदवारी दिएको क्षेत्रमा नारा-बाजी सुरु भएको छ।

थप समाचार, तनहुँ : तनहुँको देवघाट गाउँपालिकाले अल्पसङ्ख्यक जातिको निःशुल्क स्वास्थ्य बीमा गर्न सुरुआत गरेको छ ।

चालु आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रममा समावेश गरिएबमोजिम गाउँपालिकाले अल्प-सङ्ख्यक जातिको निःशुल्क स्वास्थ्य बीमा सुरु गरेको हो ।

गाउँपालिकाले वडा नं ५ को गणेश टोलबाट अल्प-सङ्ख्यक जातिको स्वास्थ्य बीमा सुरु गरेको वडाध्यक्ष पूर्णबहादुर कुँवरले जानकारी दिनुभयो । यस टोलका २७ बोटे परिवारको स्वास्थ्य बीमा गरिएको छ । यस वडामा दुई सय ५० भन्दा बढी घरधु-री बोटे जातिको छ ।

पहिलो चरणमा २७ परिवारको स्वास्थ्य बीमा गरेर बीमा कार्ड हस्तान्तरण गरेका छौँ, उहाँले भन्नुभयो, क्रमशः सबै परिवारको बीमा गरिनेछ । गाउँपालिकाका पाँच वटामध्ये सबैभन्दा बढी बोटे परिवार यही वडामा बसोबास गर्छन् ।

साथै यो वडामा एक परिवार चेपाङको बसोबास रहेको छ भने गाउँपालिकाभरी दुई परिवार बराम जातिको छ । सबै वडामा अल्पस-ङ्ख्यक परिवारको तथ्याङ्क सङ्कलन भइरहेको छ, उहाँले भन्नुभयो ।

आर्थिकरूपमा विपन्न र पछाडि पारिएका व्यक्तिलाई स्वास्थ्यको पहुँचसम्म ल्याउन निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम अगाडि बढाइएको गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले बताउनुभयो । गाउँपालिकाले अल्प-सङ्ख्यक जातिको पहिचान गरी बीमा गर्नका लागि रु तीन लाख ५० हजार विनियोजन गरेको छ ।

२०७९ आश्विन ३१, सोमबार प्रकाशित 1 Minute 102 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।