२०८० फाल्गुन ९ बुधबार
  • काठमाडौँ

प्रदीप पौडेललाई विजयको लागि मेयर बालेन र सुनिताको शुभकामना !

असोज २४, काठमाडौ : सत्तारुढ दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेललाई काठमाडौं महानगपालिकाका मेयर बालेन्द्र साह र उपमेयर सुनिता डंगोलले चुनाव

जित्नको लागि अग्रिम शुभकामना दिएका छन् । कांग्रेस नेता पौडेल यसपटक काठमाडौं–५ बाट चुनाव लड्ने भएका छन् । मेयर साह र उपमेयर डंगोलले पौडेलको काठमाडौंबाट चनाव

लड्ने निर्णयको स्वागत गर्दै विजयीको लागि अग्रिम शुभकामना दिएका हुन् । सोमबार हाँडी गाउँको जात्राको क्रममा साह र डंगोलको भेट पौडलसँग भएको थियो । सोही क्रममा उनीहरुले शुभकामना दिएका हुन ।

पौडेलको तनहुँ–२ बाट चुनाव लड्ने चर्चा चलिरहँदा उनलाई अन्तिम समयमा काठमाडौं–५ को टिकट दिइएको थियो । पौडेल कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवार बनेका थिए ।

नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष समेत रहेका पौडेल यसअघि तनहुँ–२ मा प्रदेशसभा सदस्यमा प्रतिस्पर्धा गरेका थिए । संघीय संसदका लागि पौडेलको यो पहिलो प्रतिस्पर्धा हो ।

२०७९ आश्विन २४, सोमबार प्रकाशित 0 Minutes 137 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।