२०८० मंसिर २२ शुक्रबार
  • काठमाडौँ

चाडपर्वमा खुसी खोज्नेहरु भन्दा बाध्यताको बैदेशिक यात्रा रोज्नेहरु धेरै !

असोज २३, काठमाडौं : हिन्दू धर्मावलम्बीहरुको महान् चाड विजया दशमी र तिहारमा परदेशमा रहेकाहरु समेत जन्मघरमा आउने गर्दछन् । परिवारसँगको भेटघाट र घुलमिलमा रमाउन स्वदेश फर्किनेहरु भन्दा यो वर्षको दशैंमा बाध्यताले

बिदेशिनेहरु बढी देखिएका छन् । आगमन कक्षबाट सुटकेश र झोलाले भरिएका ट्रली गुडाउँदै कतिपय यात्रुहरु दशैं नजिकिएदेखी अहिलेसम्मपनि आइरहेका छन् । यसरी फर्किनेहरुको भीडमा धेरै छन्, वैदेशिक रोजगारीबाट फर्किनेहरु ।

रोजगारीको लागि परदेश गएकाहरु दशैँको उमँगसँगै अनुहारमा खुसी लिएर फकिदैगर्दा हजारौँ नेपालीहरु वैदेशक रोजगारीका लागि भन्दै दशैंको मुखमा समेत बाहिरिन बाध्य बनेका छन् ।
परदेशको कमाइले परिवारको गर्जो मात्र टरेको छैन परिवारका सदस्यका रहरहरु पनि पूरा भएका छन् ।

वैदेशिक रोजगारीले गर्दा धेरै नेपालीहरुको भान्छामा खाना पाकिरहेको छ । धेरै नानीबाबुहरु राम्रो विद्यालयमा पढ्न पाउँने अवस्थामा पुगेका छन् । बुढा बुवाआमाले उपचार पाएका छन् ।

चाडपर्वको बेला मिठो मसिनो खान पाएका छन् । राम्रो लाउन पनि पाएका छन् । चाडपर्वहरुमा खल्लो महसुस हुनु परेको छैन । त्यसैले पनि वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या दिनप्रतिदिन बढ्दै छ ।

दैनिक दुई हजारको हाराहारीमा नेपाली युवा मलेसिया, खाडी लगायत श्रम गन्तव्य देशमा जाने गरेको सरकारी तथ्यांक छ । अहिले पनि चाडपर्व नभनेर दशैँको मुखैमा परदेश जान विमानस्थलसम्म पुग्नेहरुको भीडभाड छ ।

परदेशबाट फर्कनेहरु यसरी बाध्यताको बैदेशिक रोजगारिमा जानेहरुको अनुहारमा खुसी देखिँदैन । बरु चाडपर्वको रहर लुकाएर भएपनि परिवारको आवश्यकता टार्न बाध्यताको यात्रा रोज्नेहरु बर्षेनी बढिरहेका छन् ।

२०७९ आश्विन २३, आईतवार प्रकाशित 0 Minutes 123 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।