
असोज २१, कास्की : पोखरा महानगरपालिका वडा नम्बर १ जौवारी नजिकको भिरमा खसेर अड्कि-एकी एक युवतीको प्रहरीले उ-द्धार गरेको छ ।
हिजाे बुधवार राति ९ बजे चिप्लिएर भिरमा खसेर सेती किनारभन्दा माथि अड्कि-एकी युवतीको उ-द्धार गरिएकाे हो ।
झन्डै दुई घण्टाकाे प्रयासपछि गोरखा घर भइ पोखरा
१६ बस्ने २४ वर्षीया दुर्गा श्रेष्ठलाई उद्धार गरिएकाे कास्कीका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) सुन्दर तिवारीले जानकारी दिनुभयाे । हिजाे राति ९ बजे भिरबाट ल-डेर सेती नदीको तिरमा अड्कि-एकाे जानकारी पाएपछि प्रहरी टोली खटिएको थियो ।
वडा प्रहरी कार्यालय बगरका इन्स-पेक्टर महेशकुमार आचार्य र गण्डकी प्रदेश प्रहरी गण पोखराबाट प्रहरी नायब निरीक्षक मणिप्रताप थारुको कमान्डमा खटिएकाे प्रहरी टोलीले श्रेष्ठको उ-द्धार गरेको हो ।
उ-द्धार लगत्तै उनलाई पोखरा स्वस्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका लागि लगिएको थियाे । उपचारपछि उनलाई आज बिहान डिस्चा-र्ज गरेर घर पठाइएकाे डीएसपी तिवारीले बताउनुभयाे ।