२०८० जेष्ठ २२ सोमबार
  • काठमाडौँ

मेयर साम्पङ भन्नुहुन्छ – मेराे चुनाव खर्च नै २ लाख थिएन, साढे ५ लाख जरीवाना लु’ट हाे ।

धरान : निर्वाचन आयोगले ढिलो गरी निर्वाचन खर्चको विवरण बुझाएकोमा जरिवाना गरेको विषयलाई लिएर धरान उप महानगरपालिकाका मेयर हर्क साम्पाङले टिप्पणी गरेका छन् ।

उनले खर्चको विवरण दुई दिन ढिलो हुँदैमा ५ लाख ५० हजार रुपैयाँ जरि-वाना लिनु लुट भएको टिप्पणी गरेका छन् । हर्कले फेसबुकमा स्टाटस लेख्दै यस्तो टिप्पणी गरेका हुन् ।

दुई दिन ढिलो गरी खर्च विवरण पेश गरेको भनेर निर्वाचन आयोगले ५ लाख ५० हजार जरि-वाना गर्नु भनेको लु-ट्नु हो, उनले लेखेका छन्, मेरो पूरा खर्च नै २ लाख नि थिएन जरि-वाना चाहिँ त्यति धेरै !

आयोगले गत स्थानीय तहको निर्वाचनमा उम्मेदवारहरुले गरेको खर्चको विवरण नबुझाएकोमा जरिवाना तोकेको छ । यसमा महानगरका मेयरलाई साढे ७ लाख रुपैयाँ र उप महानगर पालिकालाई साढे ५ लाख रुपैयाँको कार–बाही गरेको हो ।

२०७९ आश्विन ७, शुक्रबार प्रकाशित 1 Minute 125 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।