२०८० आश्विन १५ सोमबार
  • काठमाडौँ

नेपाल बाहिर रहेका नेपालीले मतदान गर्न पाउनुपर्ने माग !

असोज ६, काठमाडौ : विदेशमा रहेका गैर आवासीय नेपालीहरुले मतदान गर्न पाउनु पर्ने माग गरेका छन्। नेपाली जनसम्पर्क समिति नेदरल्याण्डले बुधबार प्रमुख निर्वाचन

आयुक्त दिनेश थपलियालाई ज्ञापन पत्र बुझाउँदै मंसिर ४को प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा मतदानको व्यवस्था मिलाउन आग्रह गरे।

जनसम्पर्क समितिका सभापति शालिक गौतमले माग पत्र बुझाउँदै विदेशमा रहेका नागरिकलाई सम्बन्धित देशमा रहेको नेपाली दुतावास मार्फत मतदानको व्यवस्था मिलाउन अनुरोध गरेका हुन्।

विदेशमा रहेका नेपालीले रेमिट्यान्स पठाएर मुलुकको आर्थिक विकासमा योगदान पु¥याएको स्मरण गराउँदै मुलुकको राजनीतिक नेतृत्व चयन गर्न पाउने अवसर प्रदान गर्न आग्रह गरेका हुन्।

नेपालको संविधानले हरेक नेपालीलाई मताधिकार हुने व्यवस्था गरेकाले विदेशमा रहेका नेपालीले पनि मतदानको अधिकार पाउनुपर्ने समितिको माग छ।

२०७९ आश्विन ६, बिहीबार प्रकाशित 0 Minutes 111 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।